आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदै

आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदै

भूमिका पाख्रिन

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा भारत भुटान सहित नेपाल कै ए डिभिजनका टीम लगायत आयोजकको टीम समेत गरी १० टीमको सहभागिता रहने आयोजक फिदिम स्र्पोटिङ क्लब फिदिमले जनाएको छ । प्रतियोगिताको विजेता टीमले २ लाख ५० हजार नगद, ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले नगद १ लाख पचास हजार नगद ट्रफि तथा मेडल हात पार्ने छन् । प्रतियोगिताअन्र्तगतको प्रथम पुरस्कारलाई सिंगापुर पुलिस फोर्स पाँचथरले प्रायोजन गर्ने भएको छ । टुर्बोगको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता आगामी २४ गतेसम्म चल्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्