आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति

आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति

सिरहा, पुस १८

सिरहाको लहान-२२ बस्ने रामचन्द्र चौधरीको ग्वालीमा आइतबार आगलागी भएको छ।

राती १० बजेतिर ग्वालीमा बालेको घुरबाट अचानक सल्केको आगोले ग्वाली पूर्ण रुपमा जलेर नष्ट भएको छ भने १ वटा गोरु, १ वटा बाछा, र १ वटा बाख्रा, जलेर मरेका छन्। आगलागीमा अन्य चार चौपाय घाइते भएका छन्। आगलागीबाट अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको प्रयासमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यता सुनसरीको सोनापुर-३ स्थित अरियन्त मल्टी फाईबर जुटमिलमा आज विहान आगलागी भएको छ। विहान २;३० बजेतिर मेसिनको तेल चुहन गई आगलागी भएको हो। आगलागी ईनरुवा र ईटहरीकोबाट आएको दमकल, प्रहरी र स्थानिय मानिसहरुको प्रयासमा विहान ४ बजे नियन्त्रणमा लिएको छ भने आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्