सप्तरीमा प्रहरीले थाल्यो गाँजा फडानी अभियान

सप्तरीमा प्रहरीले थाल्यो गाँजा फडानी अभियान

सप्तरीमा प्रहरीले गाँजा फडानी अभियान अन्तरगत एक महिनाको अवधिमा दुई नगरपालिका तथा ३५ गाविसहरुका बिभिन्न वडाहरुमा रहेको सोह्र हजार बढी गाँजाका बोटहरु नष्ट गरेको छ।

अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत बिभिन्न प्रहरी ईकाईहरुका प्रहरीले राजविराज र कंचन-रुप नगरपालिका तथा बैरवा, कल्याणपुर, ईनर्वा, फुलबडिय, हर्दिया, पिप्रा-पश्चिम, भारदह, बकधुवा, जण्डोल, सितापुर, रायपुर, तेह्रौता, बसबिट्टी, शम्भुनाथ नगरपालिका, पातो, औरही, भुतही, बोदेबर्साईन, मानराजा, सारस्वर, नेगडा, खड्कपुर, बनौली, फुलकाही, लोहजरा, मलेठ, देउरी, तरही, तिलाठी, सखरपुरा, रामपुरमल्हनियाँ, गोईठी, पकरी, हरिहरपुर, दिघवा, काचन, सिसुवाबेल्ही, धनगढी लगायतका स्थानहरुमा घर वरपर तथा करेसाबारीमा रहेका सोह्र हजार छ सय चौध बोट गाँजा काटेर नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मंसिर १७ गते मातहत प्रहरी ईकाईहरुलाई आफ्नो जिम्मेवारी ईलाकाभित्र रहेका त्यस्ता लागूपदार्थ गाँजाका बोटहरुको पहिचान गरी अविलम्ब नष्ट गर्न निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्