हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै एलेभेन एरोज दुहबी विजयी

हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै एलेभेन एरोज दुहबी  विजयी

भूमिका पाख्रिन

पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एलेभेन एरोज दुहबी सुनसरी विजयी भएको छ । जारी प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीको जितका लागि तामासीले खेलको ३० औ र ७८ औ तथा पिटरले खेलको ८३ औ मिनेटमा गोल गरे । खेल अबधीभर उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका पिटर म्यान अफ दि म्याच.घोषित भए । उनले नगद ५ हजार रुपैँया प्राप्त गरे । त्यस्तै भोलिको खेल आयोजक फिदिम स्पोर्टिङ क्लब र फ्यान्स क्लब बिआरसी भुटानबीच हुनेछ । पुष २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद २ लाख ५० हजार नगद ट्रफी मेडल साथै उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्