सप्तरीमा आगलागीबाट पाँच लाख बढीको क्षति

सप्तरीमा आगलागीबाट पाँच लाख बढीको क्षति

सप्तरी, पुस १९

सप्तरीको बोरिया गाविसमा मंगलबार बिहान आगलागी भएको छ। आगलागीबाट चार घर जल्दा अन्दाजी पाँच लाख पचास हजार बराबरको क्षति भएको छ।

बोरिया-२ बस्ने सुर्यनारायण मण्डलको गोठमा बालेको घुरबाट बिहान ३ बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको चार वटा फुसले बनेको घर,घरभित्र भएको लत्ताकपडा, भाडावर्तन र तीन वटा साइकल जलेका छन।

आगोमा परी गोठमा रहेको ८ वटा बाख्रा समेत मरेका छन। आगलागी स्थानीय प्रहरी र गाउँलेको प्रयासमा बिहान ४ बजे नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्