महेन्द्र सिंह धोनीको टिमको कप्तानबाट राजीनामा

<span class='c1'>महेन्द्र सिंह धोनीको</span> <span class='c2'>टिमको कप्तानबाट राजीनामा</span>

एजेन्सी ।
भारतीय क्रिकेट टीमका एक सफल कप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् ।

उनले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिइ सकेका थिए । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बुधबार वक्तव्य जारी गर्दै धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान पदबाट राजिनामा दिने निर्णय गरेको जानकारी दिएको हो ।

धोनी सन् २००७ को सेप्टेम्बरदेखि भारतीय टिमको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान रहेका थिए । धोनीको कप्तानीमा भारतले सन् २००७ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप, सन् २०११ मा एक दिवसीय विश्वकप तथा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो।

धोनीको कप्तानीमा भारतीय टिमले एक सय ९९ एक दिवसीय खेलेको छ । जसमा एक सय १० खेलमा भारत विजयी भएको छ भने ७४ मा पराजित भएको छ । त्यस्तै ७२ ट्वेन्टी–ट्वेन्टी खेल खेलेकोमा ४१ खेलमा जित र २८ खेलमा हार व्यहोरेका छ ।

यस्तै धोनी सन् २००८ देखि २०१४ सम्ममा ६० टेस्ट क्रिकेटमा कप्तानको भूमिकामा रहे । उनले सबै गरेर तीन सय ३१ खेलमा कप्तानी गरेका छन् । क्रिकेटका तीनै संरचनामा धोनी भारतका सबै भन्दा सफल कप्तान हुन् ।

त्यस्तै कप्तानका रुपमा उनले ट्वेन्टी–ट्वेन्टीमा एक हजार एक सय १२ रन बनाएका छन् । धोनीले समग्रमा दुई सय ८३ एक दिवसीय क्रकेट खेलका छन् र ९ हजार भन्दा धेरै रन बनाएका छन् । भारतले जनवरी १५ देखि इंग्ल्याण्डसँग एक दिवसीय क्रिकेट श्रृँखला खेल्दैछ ।

यो श्रृँखलामा धोनी खेलाडीका रुपमा मात्रै मैदान उत्रने छन् । धोनीको ठाउँमा विराट कोहलीको उदय हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्