हिलेमा होराइजन माउन्टेन रिसोर्टको उद्घाटन (तस्बिर सहित)

<span class='c1'>हिलेमा होराइजन माउन्टेन रिसोर्टको</span> <span class='c2'>उद्घाटन (तस्बिर सहित)</span>

विराटनगर माघ ६ , पुर्वाञ्चलमा पर्यटनको सम्भावना बढिरहेको अवस्थामा धनकुटाको हिलेमा १९ करोडको लगानीमा होटल संचालनमा आएको छ । होराइजन माउन्टेन रिसोर्ट नाम दिइएको उक्त होटलको बुधबार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय स्तरको उक्त होटलका संचालक बिराटनगरस्थित रत्ना होटलका संचालक रेवत बहादुर थापा हुन । उनका अनुसार होटल ४२ रोपनीमा फैलिएको छ भने होटलमा ३१ कोठा र २ वटा कटेज पनि रहेका छन् । होटल भित्रै सौना र ज्याकुजीको सुविधा पनि रहेको छ । रिसोर्टमा विवाह , पार्टी , सेमिनार गर्न सकिने छ भने होटल कै लागि अर्गानिक तरकारी खेती , डेरी तथा खसीबोका पनि पालिएको छ थापाले बताए । रिसोर्टबाट नै विभिन्न हिमशृङ्खलाको अवलोकन पनि गर्न सकिनेछ । पुर्वको पर्यटनमा उक्त होटलले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमा थापा विस्वस्त छन् ।

horizona

horizoon

horizonn

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्