दृष्टीविहिन विश्वकप : दक्षिण अफ्रिकालाई नेपालले ६ विकेटले हरायो

दृष्टीविहिन विश्वकप : दक्षिण अफ्रिकालाई नेपालले ६ विकेटले हरायो

 

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । लिगको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरयो ।दिल्लीमा भएको खेलमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४६ रन बनायो । अघिल्ला दुई खेलको तुलनामा राम्रो बलिङ गरेको नेपालले दक्षिण अफ्रिकाको १२ रन हुदा दुई विकेट झारेको थियो । तर तेस्रो विकेटका लागि डोमिनिक स्कट र सोवावेलीले ६३ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।दिल्लीमा भएको खेलमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४६ रन बनायो । अघिल्ला दुई खेलको तुलनामा राम्रो बलिङ गरेको नेपालले दक्षिण अफ्रिकाको १२ रन हुदा दुई विकेट झारेको थियो । तर तेस्रो विकेटका लागि डोमिनिक स्कट र सोवावेलीले ६३ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।डोमिनिकले ३३ रन बनाए भने सोवावेलीले अविजीत ५७ रन बनाए । यस्तै बुली हिड्लले ३२ रन बनाए । नेपालले २१ अतिरीक्त रन दिएको थियो । बलिङ तर्फ नेपालका लागि सुनिलराना मगरले दुई तथा क्रितन श्रेष्ठ दुवालले एक विकेट लिए । एक सय ४७ रनको लक्ष्य पक्ष्याएको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाउदै पुरा गरयो । बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो । नेपालका लागि रमेशबहादुर बानियाले २४ रन बनाए भने सुनिल सुवदी क्षेत्रीले अविजीत ४६ रन बनाए । यस्तै सुनिलराना मगरले ३८ रन जोडे । नेपालले २७ अतिरीक्त रन पाएको थियो ।

-क्रिकनेपाल डट कम

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्