विराट फेशन फेस्टले बिराटनगर भ्यालेन्टाईन मय बन्यो

विराट फेशन फेस्टले बिराटनगर भ्यालेन्टाईन मय बन्यो

प्रेम देवान
विराटनगर १४ मा रहेको जुनजेली बुटिकले पहिलो पटक आयोजना तथा ओबी मिडिया प्रालिको व्यस्थापनमा फाल्गुन ३ गते भएको  विराट फेशन फेस्टले बिराटनगर भेलेन्टाइन डे मय बनेको छ ।
प्रेम दिवस अर्थात भ्यालेन्टाईन्स डे लाई लक्षित गरी आयोजना गरिएको फेशन फिस्टामा एक दर्जन बढी मोडल र्याम्पमा उत्रिए । विराटनगरको तिनपैनीमा रहेको होटल ह्यारीसन प्यालेस मंगलबार भएको कार्यक्रममा नेपालका चर्चित होस्ट शुसिल नेपालले उद्घोषण गरेका थिए । मोडलहरुले सुरुमा ब्राइडल शो अन्तर्गत  नेपाली, क्रिस्चयन, मारवडी,मधेशी, मुस्लीम डेसमा र्याम्प वर्कमा उत्रिएका थिए । यसैगरी उनीहरुले लेङगा, सिक्टीज् ,गाउन गरी चारवटा सिक्वन्समा उत्रिएका थिए । अझ कायक्रमलाई भव्य बनाउन नायिका करिश्मा मानन्धर पनि ¥यामवकमा हिडेकी थिईन् ।

IMG_8989
गायक सुगम पोखरेल र प्रस्ना शाक्यले रोमान्टीक गीतहरु गाएर कार्यक्रम हेर्न आउने युगल जोडीहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यसैगरी डान्सर निलम ढुङ्गगनाले पनि एक खुट्टाले जुम्मा गर्दै नाचेर उपथिस्त आम दर्शकलाई आश्चर्य चकित तुल्याएकी थिईन् । त्यस्तै मोडल शिक्षा संग्रौलाले पनि र्याम्पमा उत्रिएर पर्फमेन्स गरेकी थिइन्  ।
जुनजेलीको सञ्चालिका सुनिता उप्रेतीको डिजाइनमा उत्रिएका मोडलहरुले पछिल्लो समय युवापुस्तामा बढेको माग अनुसार पहिरनलाई झल्काएको बताईन् । सञ्चालिका उप्रेतीले भनिन् ‘अहिले युवापुस्तामा फेसनको प्रभाव बढेको छ । उनीहरुको रोजाई र चाहनालाई पहिरनमा उतारिका बताईन् । आगामी हरेक बर्ष प्रेम दिवसको अबशरमा विराट फेशन फेस्टलाई निरन्तरता दिने बताईन् । विराट फेशन फिस्टालाई कोरियोग्राफर सिमा कर्णले कोरियोग्राफी गरेकी  थिईन् ।

IMG_8054

IMG_8038

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्