आइपिएलमा टिमको कप्तानीबाट महेन्द्रसिंह धोनीलाई बर्खास्त

आइपिएलमा टिमको कप्तानीबाट महेन्द्रसिंह धोनीलाई बर्खास्त

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टिमको कप्तानीबाट महेन्द्रसिंह धोनीलाई बर्खास्त गरिएको छ । अस्ट्रेलियाका स्टिभ स्मिथलाई उनको ठाउँमा कप्तान नियुक्त गरिएको छ ।

यसै सिजन भारतको एकदिवसीय र टि–२० कप्तानबाट राजीनामा गरेका धोनीलाई राइजिङ पूणे सनराजर्सले बर्खास्त गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

धोनी भारतको कुनै पनि फरम्याटको क्रिकेटमा कप्तान छैनन् । उनको स्थानमा कप्तान नियुक्त गरिएका स्मिथ अस्ट्रेलियाको तीनवटै फरम्याटका कप्तान हुन् ।

उनी गत सिजन कप्तानको रुपमा पूणेमा अनुबन्धित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्