फुटबलमा जेम्स,डनवस्को,अर्पण र मोर्डन एरा विजयी

फुटबलमा जेम्स,डनवस्को,अर्पण र मोर्डन एरा विजयी

विराटनगर÷ विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप  सोमबार भएको खेलमा जेम्स,डनवस्को,अर्पण र मोर्डन एरा विजयी सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफानल खेलमा जेम्स स्कूलले आर्दश स्कूललाई सडन डेथमा ९–८ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिमले गोल रहित बराबरी खेले पछि खेल पेनाल्टि सुटआउटमा धकेलेको थियो । पेनाल्टि सुटआउमा पनि बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट भएको हो । खेलको म्यान अफ द म्याच जेम्सका आषिस दाहाल घोषित भए ।

दोस्रो क्वाटरफानल खेलमा डनवस्को स्कूल सेतोले सगरमाथा स्कूललाई २–१ गोल अन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । डनवस्कोका दुवै गोल दिपनारायण चौधरीले गरेका थिए यता सगरमाथाका दिपर्शन राइले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच डनवस्कोका दिपनारायण चौधरी घोषित भए ।
तेस्रो क्वाटरफानल खेलमा अर्पण स्कूलले ज्ञानोदय स्कूललाई स्कूललाई २–१ गोल अन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । अर्पणका उत्सव कार्कि र डार्विन पोखरेलले १–१ गोल गरेका थिए भने ज्ञानोदयका निराजन भट्टराई १ गोल फर्काए । खेलको म्यान अफ द म्याच अर्पणका निकेश कार्की घोषित भए ।

चौथो क्वाटरफानल खेलमा मोर्डन एराले समता स्कूललाई स्कूललाई २–० गोल अन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । मोर्डन एराका प्रीदप पौडेल र अजय भुजेलले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच लमा मोर्डन एरा अजय भुजेल घोषित भए ।
शूक्रबार हुने पहिलो सेमिफाइनल खेल जेम्स स्कूल र डनवस्को र दोस्रो सेमिफाइनल खेल अर्पण स्कूल र मोर्डन एरा विच हुने खेल सम्योजक विक्की कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्