३५ कराेडकाे काराेबार गर्दै सकियाे विराट एक्सपाे

३५ कराेडकाे काराेबार गर्दै सकियाे विराट एक्सपाे

विराटनगरमा गत साताबाट संचालित कृषि तथा अाैद्याेगिक मेला विराट एक्सपाे २०७३ मंगलबारबाट सम्पन्न भएकाे छ । स्वदेशी र विदेशी गरि २ सय ५४ वटा स्टल राखिएकाे उक्त मेलामा फाल्गुन ११ गतेदेखि सुरू भएकाे थियाे । मेलामा कृषिजन्य विउबिजन देखि ट्रयाक्टर, अटाेमाेबाइल्समा कार, माइक्राे, जिप देखि घरेलु सरसामान सम्मका स्टलहरू राखीएकाे थियाे । यसै गरि बालबालिका र युवायुवतीलाइ लक्षित गरि विभिन्न खेल सामाग्रीहरू र सांगितिक कार्यक्रमकाे व्यवस्था समेत गरिएकाे थियाे ।
७ दिन चलेकाे मेलामा ३५ कराेड रूपैयाँकाे काराेबार भएकाे अायाेजक समितिले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्