इटहरीमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट सुरु

<span class='c1'>इटहरीमा प्रधानमन्त्री राष्ट्रिय</span> <span class='c2'>महिला क्रिकेट सुरु</span>

इटहरी, फाल्गुन २१ । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुरु गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षेत्रले जति विकास र उन्नति गर्नुपथ्र्यो त्यसो नहुनुमा नेपालको अस्थिर राजनीति नै मूल बाधक बनिरहेको बताउनुभयो ।राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलको व्यवस्थापन भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले गरेको छ ।उद्घाटित खेलअन्तर्गत आज भएको पहिलो खेलमा पूर्वाञ्चल टिमले पहिलो ब्याटिङ गर्दै २० ओभरको खेलमा १२४ रनको लक्ष्य दिएको थियो । पूर्वाञ्चल टिमले ३ विकेटको क्षतिमा उक्त स्कोर खडा गरेको थियो । जसमा अक्सरी बेगमले ४६ र रोमा थापाले ४२ रनको साझेदारी रहेको थियो ।एक सय २४ रनको लक्ष्य पच्छ्याउन मैदानमा ओर्लिएको मध्यमाञ्चल टिमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ४७ रनमा अलआउट भएको थियो । जसमा मध्यमाञ्चलकी सीता श्रेष्ठले मात्र दोहोर अङ्क अर्थात् १३ रन बनाउन सकेकी थिइन् ।खेलमा महिला क्रिकेट टिमकी टिम कप्तान रुविना क्षेत्रीले ३ विकेट तथा आरती बिडारीले २ विकेट लिएकी थिइन् । खेलमा पूर्वाञ्चलकी रोमा थापा म्यान अफ द म्याच घोषित भएको सिपी पौडेलले जानकारी दिनुभएको छ । खेलमा सशस्त्र प्रहरीको एपिएफ, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्