उपभोक्ता आफैं सचेत होऔं !

उपभोक्ता आफैं सचेत होऔं !

- पुरुशोत्म भण्डारी
करीब करीब ३५ बर्ष अघि देखि चलाइरहेको नेपाल टेलीकमको landline फोनमा कहिल्यै गुनासो गर्नुपरेन तर करीब ७ बर्ष देखि चलाइरहेको ADSL सेवाको बारेमा नेपाल टेलीकम लाई यत्ती धेरै गुनासो र गाली गर्नु पर्यो कि कुनै लेखा जोखा नै छैन ! रु १०१७ को चलाउदा राम्रो भएन भनेर रु १६९५ को unlimited सेवा लिएर पनि चलाईयो तर पनि चित्त बुझेन ! रु २२३७ तिरे पछि ३ महिनाको प्याकेज 512 kbps पनि चलाईयो तर त्यो त हप्ता दिन पनि नटिक्ने , youtube नहेरी धित नमर्ने , नाथे त्यो पत्रीका पढ्नु र फेसबूक चलाउनु पनि अहिलेको जमानामा काफी हुन्छ र ???
जो आए पनि ADSL को बदनाम गर्ने र एउटा private net को सिफारिस गरेका हुनाले दिक्क भएर private net जडान गरियो !
जुन जोगि आए पनि कानै चिरेका , त्यसै बुढापाकाले भनेका त हैन रहेछन नि ! private ले पनि त त्यही ठग्नु न जानेका हुन्छन ! त्यही भएर होला ठग्नु नै धर्म मानेर हामिलाई चुसिरहेका हुन्छन ! पहिलो ३ दिनको trial मा राम्रै सेवा दिए तर चौथो दिन ADSL को भन्दा स्लो र नराम्रो ! लाटा लाई रिस नउठाउनु भनिन्छ ! आफू लाटो त थिईन तर लाटा लाई भन्दा बढी रिस उठे पछि कम्प्लेन गर्नुपर्यो भनेर फोन गरेको त कोहि पनि रिसिब नगर्ने ! अफिसको फोन पनि रिसिब नगर्ने हौ !
अनुमान गर्नुस , कस्तो र कति रिस उठ्नु उठयो होला ??? बेलुकिको ९:३० बजे तिर काठमाडौं केन्दिय कार्यलय फोन गरेर गुनासो गरियो ," के हो यो बिराटनगरको चाला ??? कोहि पनि जिम्मेवार छैनन त ! फोन समेत रिसिब गर्दैनन त ???? कि तिमिहरुको नाम बेचेर खाने यो अर्कै ठग हो ????
मलाई त तुरुन्तै सेवा चाहियो , हैन भने भोलि ठगीमा मुद्दा हालेर पत्रकार सम्मेलन गरेर शहर भरी बेइज्जत पो गर्नेछु ! यहि हो सेवा दिने भनेको ???" तिमिहरुका झिक्रा झ्यामटा चोकरको बोरामा हालेर अफिसमा ल्याएर छरिदिउला नि ! यस्तै हो सर्भिस ????"
यत्ती भनेर गाली गरेपछि भोलि बिहान ८ बजेसम्म सेवा सुचारु गरिदिने वाचा गरियो ! त्यति गरुन्जेल रात्रीको १०:३५ भैसकेको थियो ! भोलिपल्ट net चलाउदा राम्रै आएकोले केही भनिएन ! बिराटनगर अफिसको एउटा staff ले मेरा भान्जा लाई सुनाएछ ," कस्तो खुंखार हुनुहुदो रहेछ , हामिले त एउटा device नै बदलेर वहाँको लागि राम्रो सेवा दियौं ! मैले सुन्ने बित्तिकै भने ," device बदल्यो अरे ??? त यत्रो दिन के ठगीरहेको रहेछ ???? अरुलाई चाहिँ राम्रो सेवा दिएको रहेनछ ????" मलाई त अझै रीस उठेको शान्त भएकै थिएन !
त्यसरी कराएको करीब ५ महिना पछि फेरि त्यसरिनै कराउनु पर्यो तर काठमाडौं सम्म पुगेर हैन , बिराटनगरकै अफिस मेनेजर सम्म ! बोल्नेको पिठो पनि बिक्छ , नबोल्नेको चामल पनि बिक्दैन , पुर्खाले त्यसै भनेका हैनन ! म जस्तो दिनभरी घरमानै कोहि पनि बस्दैन र कसैले पनि मैले गरेजसरी complain पनि गर्दैनन होला ! तर के कम्प्लेन नगर्ने लाई चाहिँ सेवा दिनुपर्ने उनिहरुको धर्म हैन र ??? किन यसरी हामिलाई ठगीरहेका छन यी सेवाप्रदायक संस्थाहरु ???? के नेपाल टेलीकमले पैसा लिए पछि सेवा दिनु पर्दैन ????? किन सधैं यसरिनै ठग्छ ???? जो हेर्यो त्यही ठग्नमा तल्लिन छ , किन ?????
कि विद्युत प्राधिकरणमा जस्तै कर्मचारिहरु मिलेर हामिलाई ठगी त रहेका छैनन ????
यो कुराको खोजी गर्नुपर्यो ! आवाज उठाउनु पर्यो ! किनभने हामी उपभोक्ता नबोलेर ! हामी चुप लागेर बसेका हुनाले उनिहरु हौसिएका ! हामिलाई ठगेर उनिहरुले / चौथो तहको कर्मचारिले बङ्गला गाडी जोडी मस्तिको जीवन बिताईरहेका छन तर हामी नजर्शर्मी भएर आफ्नो हक अधिकारको कुरा पनि गर्दैनौ ! केवल मुर्मुरिएर घरभित्रै बस्छौ ! त्यसैले हामी उपभोक्ता आफैं सचेत होऔं !
पुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्