विराटनगर बास्केटबल एकेडेमीकाे अायाेजनामा विराटनगरमा नाैलाे फर्म्याटकाे ३ अन ३ बास्केटबल प्रतियाेगिता हुने भएकाे छ । प्रत्येक समुहमा ३-३ जना खेलाडी र थप एक-एक खेलाडी सब्सिच्युटमा रहेर खेलिने साे प्रतियाेगिता यहि फाल्गुन २८ गते शनिवारका दिन विराटनगरमा अायाेजना हुनेछ । प्रतियाेगितामा विराटनगर क्षेत्रकाे १६ वटा समुहका खेलाडीहरू समावेश हुने विराटनगर बास्केटबल एकेडेमीका संचालक सराेज लम्सालले बताए । 'क्रिकेटमा टेस्टबाट टि२० फर्म्याटमा रूपान्तरण गरि खेलाइन थालिए जसरी नै बास्केटबलका लागि पनि ३ अन ३ फर्म्याट नयाँ र राेमाञ्चक हुन्छ ।' लम्सालले प्रतियाेगिताकाे बारेमा थप बताउदै सुनाए 'यस प्रकारकाे फर्म्याटले बास्केटबल प्रति थप युवाहरूलाइ अाकर्षण गर्नेछ' ।
१ दिन संचालन गरिने प्रतियाेगिता विराटनगरकाे मेरिल्याण्ड बिबिएकाे बास्केटबल काेर्टमा हुने जनाइएकाे छ ।