एउटै सडक बारम्बार बनाउदै भत्काउदै किन ? विराटनगर उपमहानगरपालिकासँग सुचना माग

<span class='c1'>एउटै सडक बारम्बार बनाउदै भत्काउदै किन</span> <span class='c2'>? विराटनगर उपमहानगरपालिकासँग सुचना माग</span>

विराटनगरका दुइ सडकहरू यि केहि बर्षकाे अन्तरालमा बारम्बार बनाउदै भत्काउदै गरिरहेकाे विराटनगर उपमहानगरपालिकासँग त्यस बारेका सुचनाहरू माग गरिएकाे छ । विराटनगरका युवा अभियन्ताहरूकाे एक टाेलीले पांचाली राेड र कलेज राेडका सडकहरू हाल र यस अघि कति पटक बनाउनका लागि कसरी निर्णय भयाे भन्ने सुचना माग गरेका हुन् ।

विहिबार दिउँसाे विराटनगर उपमहानगरपालिकाका प्रमुख दिपक काेइरालाकाे कार्यक्रक्षमा सुचना मागकाे पत्र बुझाउदै साे समुहले सडक निर्माणकाे प्रक्रिया र निर्णयकाे प्रतिलिपि, उपभाेक्ता समिति, ठेकेदार तथा कम्पनीहरूसँगकाे सम्झाैता तथा सर्त, लागत अनुमान तथा त्यससँग सम्बन्धित प्रतिवेदनहरूकाे प्रतिलिपि, तथा सडक निर्माण परियाेजनाकाे बिल भर्पाइहरूकाे प्रतिलिपि माग गरेको हो ।

बसन्त अधिकारी, संजिव चापागाँइ, सराेज कार्की, विवेक दाहाल, मुन कार्की, सराेज लम्साल, राजु श्रेष्ठ लगायतकाे समुहले नेपालकाे संविधानमा उल्लेखित सुचनाकाे हक प्रयाेग गरि उक्त सुचना माग गरिएको बताएका छन् ।

पढ्नुहोस सुचना मागको पुर्ण पत्र:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्