हालसम्म कार्यान्वयनमा रहेका देशभरिका स्थानीय निकायहरु अाजदेखि खारेज भइ नयाँ संरचना लागु भएका छन् । गत साता सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट ति पुराना स्थानीय निकायका संरचना बदलीएर नयाँ ७४४ वटा स्थानीय निकाय बनिरहँदा विराटनगर उपमहानगरपालीकाका वडाहरूमा पनि परिवर्तन अाएका छन् । यस अन्तर्गत विराटनगरका केहि वडाहरू मर्ज हुनका साथै बुधनगर र बैजनाथपुरका केहि वडा पनि विराटनगर उपमहानगरपालीकासँग मिसिएका छन् । साे निर्णय अाज शुक्रबारबाट कार्यान्वयनमा आएको मन्त्री कमल थापाले घोषणा गरेका छन् । ति स्थानीय निकायका प्रतिनिधिहरूका लागि यहि वैशाख ३१ गते स्थानीय निकायकाे निर्वाचन हुने सरकारले घाेषणा गरिसकेकाे छ ।
हेर्नुहाेस् विराटनगर उपमहानगरपालिकामा के के फेरबदल अायाे: