तराईमा आज होली पर्व मनाइदै

<span class='c1'>तराईमा आज होली</span> <span class='c2'>पर्व मनाइदै</span>

 

प्रबिन दाहाल

तराईका जिल्लामा सोमबार धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।
होली मनाइने तराईका जिल्लाहरुमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने आइतबार होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौंसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा सोमबार पनि होलीको रौनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्