दल पिच्छेका शिक्षक संगठनकाे मागपछि  केन्द्राध्यक्षकाे टुंगाे लागेन , किन हुन्छ यसमा सबैकाे अाकर्षण ?

दल पिच्छेका शिक्षक संगठनकाे मागपछि  केन्द्राध्यक्षकाे टुंगाे लागेन , किन हुन्छ यसमा सबैकाे अाकर्षण ?

चैत्र ३ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) माेरङमा राजनितिक दल पिच्छेका शिक्षक संगठनहरू बिच भागबण्डा नमिल्दा केन्द्राध्यक्ष ताेक्न ढिलाइ भएकाे छ ।

माेरङमा ६७ वटा केन्द्रका लागि केन्द्राध्यक्ष अावश्य परे पनि ति राजनितिक दलका शिक्षक संगठनहरूले संख्या ताेकेरै केन्द्राध्यक्ष माग गरेपछि जिल्ला शिक्षा कार्यालय दवाबमा परेकाे छ ।

नेकपा माअाेवादी केन्द्र निकट संगठनले २४ वटा, मधेशी माेर्चाका तर्फबाट संयुक्तरूपमा १० वटा र नेपाली काँग्रेस र एमाले गत वर्षकाे झै क्रमश १९ र २४ वटा केन्द्राध्यक्ष माग गरेकाे खबर अाजकाे जनविद्राेह दैनिकमा समाचार छ ।

यस वर्षकाे परिक्षामा नियमित परिक्षार्थी १७ हजार ९ सय ८३ , ग्रेड वृद्धि १ हजार ९ सय ५७ जना र एक्जाम्टेड ७ सय ६६ गरि जम्मा २० हजार ७ सय ६ जना परिक्षार्थी रहेका छ ।

केन्द्राध्यक्षमा किन हुन्छ अाकर्षण ?
राज्यले एउटा केन्द्रकाे केन्दाध्यक्षकाे लागि करिब ९ हजार रूपैयाँ सुविधा छुट्याएकाे हुन्छ । यसै गरि निजि विद्यालयहरू बिच हुने प्रतिष्ठाकाे लडाँइकाे फाइदा पनि साेझै केन्द्राध्यक्षलाइ हुने बताइन्छ । अाफ्नाे विद्यालयकाे नतिजा राम्राे निकाल्न केन्द्राध्यक्षलाइ अार्थीक सहयाेग गर्ने भएकाले यस प्रति अाकर्षण भएकाे जिल्ला शिक्षा कार्यालय माेरङका एक उपसचिवलाइ उदृत गर्दै जनबिद्राेह दैनिकले समाचार लेखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्