विराटनगरसँगै जाेडिएकाे माेरङकाे कटहरी-१ रंगेली राेड, अादर्श टाेलमा शुक्रबार अपराह्रन घरमै प्रवेश गरेर अपरिचित समुहले सासु र बुहारीकाे हत्या गरेकाे छ । ५५ वर्षिय इन्द्रचन्द्र डाँगाकाे घरमा उनकी श्रीमती र बुहारीकाे हत्या भएकाे हाे ।
विराटनगरकाे हाटखाेलास्थित सिंघिया पुल भन्दा सय मिटर पुर्व र सडककाे थाेरै दक्षिणपट्टी भित्रतर्फ रहेकाे डाँगाकाे घरमा अपराह्न प्रवेश गरेकाे अपरिचित समुहले सासु बुहारीकाे ज्यान लिएकाे हाे । सासु दिपा निराैला (डाँगा) र बुहारी अस्मिता भट्टराइ (डाँगा) काे गाेली हानी हत्या गरिएकाे माेरङ प्रहरी स्राेतले बताएकाे छ । प्रहरी स्राेतका अनुसार अपराह्न डाँगाकाे घरमा हतियारसहित प्रवेश गरेका व्यक्तिले लुटपाट गर्दै दुबैकाे हत्या गरेकाे हुन सक्ने अनुमान छ ।
स्थानीयवासीका अनुसार डाँगाकाे घरबाहिर मानिसहरूकाे जमघट बढ्न थालेपछि मात्रै घटनाकाे बारेमा थाहा भएकाे थियाे । प्रहरी श्राेतका अनसार डाँगाकाे घरमा सासु र बुहारीकाे हत्या फरक फरक काेठामा गरिएकाे छ । घटनास्थल पुगेका सादा पाेशाकका एक प्रहरी अधिकृतका अनुसार सासु र बुहारी दुबैकाे निधारमा गाेली लागेकाे छ । 'बुहारीकाे मृत शरिर अाेछ्यानमाथि र सासुकाे शव चाहीँ अर्काे काेठाकाे खाट तल रहेकाे अवस्थामा देखियाे,' प्रहरीका ति अधिकारीले भने ।
माेरङकाे कर्सियामा धान चामलकाे व्यापार गर्ने डाँगाकाे घरमा उनकी श्रीमती र बुहारीबाहेक घरायसी काम गर्ने १ जना महिला पनि बस्थिन् । डाँगाकै निवास छेउमा बनाइएकाे घरमा बस्ने ति महिलाले शुक्रबार करिब साढे ४ बजे तिर घरभित्र प्रवेश गर्न ढाेकाकाे घण्टी बजाएकी थिइन् । 'पटक पटक घण्टी बजाउँदा पनि ढाेका नखुलेपछि उनी पछाडीकाे ढाेकाबाट घरभित्र प्रवेश गरिन्', अनुसन्धानमा खटिएकाे एक प्रहरी अधिकृतले कामदार महिलाकाे बयान उदृत गर्दै भने, 'पछाडीकाे ढाेका खुल्ला नै थियाे, घरभित्रका सामानहरू छरपष्ट देखियाे । काेठामा छिर्दा उहाँहरू लडेकाे देखियाे ।'
प्रहरीका अनुसार घटनाकाे प्रकृति हेर्दा लुटपाटकाे क्रममा हत्या गरिएकाे जस्ताे देखिन्छ । तर, मृतक सासु बुहारीकाे नजिकै प्रहरीले २ लाख ८७ हजार रूपैयाँ फेला पारेकाे छ । पुर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिअाइजी रमेशकुमार भट्टराइले हत्या लुकाउन अपराधीहरूले लुटपाट गरेकाे भ्रम छर्न काेशिस गरेकाे बताए । 'अपराधीहरूकाे लुट्ने उद्देश्य हाेइन, ' डिअाइजी भट्टराइले भने 'लगभग हत्याकै केस देखिन्छ, हाम्राे टिमले अनुसन्धान गरिरहेकाे छ । सत्यत्रथ्य छिट्टै बाहिर अाउँछ ।'
सासु बुहारीकाे हत्या भएकाे घटना थाहा पाएपछि माेरङका एसपी सन्दिप भण्डारीकाे पुरै टिमले अनुसन्धान थालेकाे छ । डाँगाकाे घरलाइ शिलबन्दी गरेर एसपी भण्डारीसहितकाे विशेष टाेलीले करिब ४ घण्टा खानतलासी गरेकाे थियाे । प्रहरीले तालिमप्राप्त कुकुर पनि अनुसन्धानका लागि प्रयाेग गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार शुक्रबार राती मृतक दुबैकाे शव पाेष्टमार्टमका लागि धरानस्थित बिपि काेइराला विज्ञान प्रतिष्ठान लगिएकाे छ ।
समाचार साभार: नागरिक पुर्वेली