सासु-बुहारी हत्याकाण्ड जटिल बन्दै, प्रहरी अनुसन्धानमा सक्रिय

<span class='c1'>सासु-बुहारी हत्याकाण्ड जटिल बन्दै,</span> <span class='c2'>प्रहरी अनुसन्धानमा सक्रिय</span>

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अझै सुराक फेला पर्न नसक्दा अभियुक्तकाे पहिचान प्रक्रिया जटिल बन्दै गएकाे माेरङ प्रहरीले बताएकाे छ । घटनाकाे अनुसन्धानमा प्रहरीकाे विशेष टाेली परिचालन भइरहेकाे छ ।

शुक्रबार दिउसै घरभित्र पसेर सासुबुहारीकाे गाेली हानी हत्या गरिएकाे घटनाबारे हालसम्म कुनै सुराक नभेटिएकाे माेरङ प्रहरीका एसपी सन्दिप भण्डारीलाइ उदृत गर्दै जनबिद्राेह दैनिकले अाजकाे अंकमा समाचार लेखेकाे छ । घटनामा कटहरी १ अादर्शनगरस्थित अाफ्नै घरमा सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे हत्या भएकाे थियाे ।

घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछि शवकाे पाेष्टमार्टमका लागि विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकाे प्रहरीले बताएकाे छ । घटनामा मृतककाे अाफन्तकाे हात रहेकाे पनि हुन सक्ने तर प्रहरीकाे अनुसन्धानपछि मात्र यकिन भन्न सक्ने समाचारमा उल्लेख छ ।

मृतककाे छेउबाट २ लाख ८७ हजार रूपैयाँ समेत फेला परेकाले घटना थप संकास्पद बनेकाे छ । अनुसन्धानका लागि पुर्व क्षेत्रीय अनुसन्धान समुहकाे टाेली समेत परिचालन भएकाे छ ।  प्रहरीले अपराधी भाग्न नसकाेस् भनेर सबै नाका शिल गरेर घटनामा संलग्नकाे खाेजी भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्