बिराटनगरका सात सय टेलिफोन लाईन अवरुद्ध

बिराटनगरका सात सय टेलिफोन लाईन अवरुद्ध

बिराटनगर चैत ७ , बिराटनगरमा चलिरहेको ढल तथा नाला निर्माणकार्यको कारण बिराटनगरका ७ सय बढी टेलिफोन लाईन अवरुद्ध भएका छन् । लामो समयदेखि टेलिफोन लाइन बन्द भएपनि अहिलेसम्म जडान गर्न नेपाल टेलिकमले चासो देखाएको छैन । यता जनतालाई भने टेलिफोन लाईन नहुदा समस्या परिरहेको छ । टेलिकमका बिराटनगर प्रमुख खड्ग बस्नेतका अनुसार अबको दुई सातामा सबै अवरुद्ध टेलिफोन लाईन चालुहुने बताए पनि टेलिकमसंग तार पर्याप्त नभएको एक प्राविधिकले बताए । उनका अनुसार करिब ६ महिनायता तारको अभाव भएको समाचार आजको उद्घोष दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्