एका बिहानै विराटनगरमा एक युवा मृत फेला

एका बिहानै विराटनगरमा एक युवा मृत फेला

विराटनगर सन्सरीमाइ स्थान नजिकै शाहि मार्गमा एक युवा मृत अवस्थामा फेला परेका छन् । साइकलसहित सडक किनारकाे नालामा घाेप्टाे परेकेा अवस्थामा उनकाे शव भेटिएकाे हाे ।

अपडेट: मृतककाे साथबाट संजय महताे नामकाे सवारी चालक परिचय पत्र भेटिएकाे छ । परिचय पत्रमा बलुहाइ १० भनेर ठेगाना लेखिएकाे छ ।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । हाल प्रहरी घटनास्थलमा पुगेर अवस्था अध्ययन गरिरहेकाे छ । शवकाे प्रकृति हेर्दा साइकल अनियन्त्रि भइ नालीमा पसेकाे र त्यहाँबाट उठ्न नसकि उनकाे मृत्यु भएकाे एक प्रहरीले बताए । तर घटनाकाे पुर्ण विवरण अनुसन्धान पछि मात्र बाहिरिने बताइएकाे छ ।  घटना कतिबेला भएकाे हाे भन्ने यकिन भन्न नसकिएपनि स्थानीय एक महिलाले सुनाइन 'रातकाे करिब ११ बजेतिर धेरै कुकुरहरू भुकिरहेका थिए । हामीले खासै चासाे दिएनाैं ।'

हाल मृतककाे नाम र ठेगाना लगायतकाे पहिचान खुल्न सकेकाे छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्