विश्वचर्चित खेलाडी समावेश “लंकन लायन” र “नेपाली राइनोज” बिच क्रिकेट खेल हुने

विश्वचर्चित खेलाडी समावेश “लंकन लायन” र “नेपाली राइनोज” बिच क्रिकेट खेल हुने

काठमाडौं, चैत ९ – विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच  हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् । नेपाल र श्रीलंकाबिच दौत्यसम्बन्धको ६० औं बर्षगाठको अवसरमा हुन लागेको प्रतियोगामाश्रीलंकाका विश्वचर्चित खेलाडी समावेश लंकन लायन र नेपाली राइनोजबिच खेल हुन  लागेको हो ।

आगामी बैशाख १४, १६ र १८ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमामा हुने खेलमा श्रीलंकाको राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारङगा, रंगना हेराथ, िडल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादाराले लंकन लायनबाट खेल्नेछन् । यस्तै श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दनालगायतका खेलाडीले पनि नेपाली राइनोजसँग खेल्नेछन् ।

प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीसँग नेपाली मैदानमै खेल्न पाउने भएकाले उनीहरुबाट आफूहरुले धेरै कुरा सिक्ने मौका पाउने र नेपालले पनि ठुला प्रतियोगिता गर्न सक्ने रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने बताउनुभयो । श्रीलंकाको कप्तानी अरविन्द डि सिल्भाले र नेपाली राइनोजको कप्तानी पारस खड्काले गर्नेछन् ।

उपुल थारङगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा सिल्भादारा

सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविर्थना, उपुल चन्दना, फरभेज माहरुफ, दिलहारा फर्नान्डो, कौशल्या वैरात्नेलगायत ।

श्रृंखलाको समापनका अवसरमा राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ । यस्तै महिला टोलीका पहिलो कप्तान नेरी थापा, नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेत्रहिन क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ दुवाल, महिला कप्तान भगवती भट्टराई र नेपालको पहिलो आइसिसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिने छ । क्रिकेट श्रृंखलाको आयोजना पेरिविंकल सर्भिस कम्पनीले गर्न लागेको हो ।

-उज्यालो अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्