विराटनगरमा मानव साङ्गलाे (फाेटाे फिचर सहित)

विराटनगरमा मानव साङ्गलाे (फाेटाे फिचर सहित)

-प्रेम देवान
विराटनगर, १२ चैत । नेपाल आदिवासी जनजाती समुदायहरुको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै विराटनगरमा मानव साङ्गलाे निकालेका छन् ।
जिल्लाभरीको आदीवासी जनजाति सामुदायका मानिसहरु भेला भएर विराटनगरमा वृहत मावन साङ्गलाे आज शनिबार निकालिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय मोरङ र नगर परिषद् विराटनगरले संयुक्त रुपमा आयोजना गरेको मानव साङ्गलाेमा एक हजार जनाको सहभागिता रहेको मोरङ अध्यक्ष मिलन कुमार राईले जानकारी दिए ।

मोरङमा रहेको विभिन्न २२ वटा जातिय संस्थाका प्रतिनिधिहरु भेला भएर जिल्ला प्रशासन कार्यालय मोरङ देखीको मानव साङलोले विराटनगरको गोल्छा चोक, वडा प्रहरी कार्यालय सम्मको मानव साङ्गो रहेको नगर अध्यक्ष सुरेस सिह गनगाईले बताए । उनीहरुले दुई घण्ट मानव साङ्गो बनाएर प्रतिष्ठान खारेजको विरोध गरेको अध्यक्ष गनगाइले बताए ।
उनीहरुले परिमार्जन सहित संविधान संशोधन, आदिवासी जनजातीहरुको ऐतिहासिक थलो किटान गरी विशेष स्वायत र सुरक्षित क्षेत्रको निर्धारण, स्थानिय तह अन्र्तगत गाउँपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलोको किटान गर्न तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफ्नो अधिकार सुनिश्चित गर्न सरकारसँग माग समेत गरेका छन् ।​

manab sanglo (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्