कटहरीकाे सासु-बुहारी हत्याकाण्डका दाेषी अझै पत्ता लागेन

<span class='c1'>कटहरीकाे सासु-बुहारी हत्याकाण्डका दाेषी</span> <span class='c2'>अझै पत्ता लागेन</span>

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे दाेषी अझै पत्ता लाग्न सकेकाे छैन । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे ।

घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछि प्रहरी अनुसन्धानमा थप सक्रिय भएकाे थियाे । घटना के कारणले भएकाे र कसले गराएकाे हाे भन्ने अनुसन्धानपछि मात्र यकिन भन्न सक्ने प्रहरीले बताएकाे थियाे ।

अनुसन्धानका लागि पुर्व क्षेत्रीय अनुसन्धान समुहकाे टाेली समेत परिचालन भएकाे छ ।  प्रहरीले अपराधी भाग्न नसकाेस् भनेर सबै नाका शिल गरेर घटनामा संलग्नकाे खाेजी समेत गरेकेा थियाे । जिल्ला प्रहरी कार्यालय माेरङका एसपी सन्दिपराज भण्डारीले प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाले रहस्य चाँडै बाहिर अाउने बताएका छन् ।
सासु बुहारीले लगाएका सुनका गहना र थाेरै मात्र नगद हराएकाले पनि घटना लुटपाट कै लागि भएकाे भन्नेमा प्रहरी विश्वस्त छैन भनी अाजकाे जनविद्राेह दैनिकले समाचार लेखेकाे छ । मृतककाे छेउबाट २ लाख ८७ हजार रूपैयाँ समेत फेला परेकाे थियाे ।
डाँगा परिवारले हत्यारा चाँडाे पत्ता लगाइ अाफुलाइ न्याय दिन प्रहरीलाइ अनुराेध गरेकाे छ । डाँगा परिवारका बुवा छाेरा नै हाल अाफ्ना पत्नीहरूकेा अाशाैच बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्