५८ लाख लागतकाे सुटिङ हल, छत अझै बनेन

५८ लाख लागतकाे सुटिङ हल, छत अझै बनेन

बिनु तिम्सिना
विराटनगर,१४ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङको बैजनाथपुर खेल मैदानमा सुटिङ हलको निर्माण सुरु गरिएको थियो । तर समयमै भवन निर्माण नहुदा त्रिपाल मुनि खेल खेलाइएको थियो । खेलकुद सकिएको तिन महिना बित्न लाग्दा समेत अझै सुटिङ हल भने बनिसकेको छैन् ।
सातौं राष्ट्रिय खेलकुका लागि मोरङको बैजनाथपुर खेल मैदानमा निर्माण सुरु गरिएको सुटिङ हल समयमा निर्माण सम्पन्न नहुँदा सुटिङका इभेन्ट अन्तराष्ट्रिय मान्यता विपरित त्रिपाल मुनि खेलाइएको थियो । सुटिङका खेल सकिएपछि त्रिपाल हटाइयो । तर उक्त भवन निर्माण त्यत्तीकै अलपत्र छाडिएको छ ।

[caption id="attachment_27744" align="aligncenter" width="640"] टेन्ट मुनि सुतिंग खेल जारी[/caption]

सातौ राष्ट्रिय खेलकुद नाममा राष्ट्रिय खेलकुद परिषदले ५८ लाखको लागतमा सुटिङ हल निर्माण गर्याे । तर खेल हुने दिन सम्म हलमा छानो नहालीदा तोकिएको समय भन्दा एकदिन पछि छानामा त्रिपाल टाँगेर अन्तराष्ट्रिय मान्यता विपरित खेल खेलाइएको थियो । खेल सकिएको झण्डै तिन महिना वित्यो, तर उक्त भवनमा छानो हाल्ने काम भएको छैन् । खेलकुद पदाधिकारीहरुको ढिलाशुस्तीले गर्दा मोरङमा खेल पूर्वाधार विकास हुन नसकेको पुर्व एथलेटिक्स कोच नारायणबहादुर प्रधानले बताए । “काम देखाउनका मात्रै कनिका छरेजस्तो बजेट दिने परिपाटिले समेत खेल पुर्वाधारको विकास हुन सकेको छैन्, उनले भने “सातौं सकि हाल्याे गर्दै गरुमला नी भन्ने परिपाटिले पनि पूर्वाधार विकास हुन सकेको छैन् । खेलाडीलाइ वर्षभरी प्रशिक्षण गर्ने स्थान होस भन्ने उद्देश्यले पूर्वाधार निर्माण गरिदैन प्रतियोगितामा झारो टार्नका लागि मात्रै पूर्वाधार निर्माण गरिन्छ अनि कहाँबाट खेलाडि उत्पादन हुन्छन् ।”
यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोललाल अमात्य भने धमाधम काम भइरहेको बताउछन् । सुटिङहलको छत मात्रै निर्माण गर्न बाँकी रहेको उताउँदै अमात्यले छानामा टिन लगाउन राखिने फलामको हाइट कम भएकाले समय लागेको भएपनि अहिले धमाधम काम भइरहेको बताए । तर धमाधम काम भइरहेको भनेको तिन महिना भयो । सुटिङको भवन त सातौं राष्ट्रिय प्रतियोगिता कै बेला बनेको हो । छाना र हल भित्रका कामहरु मात्रै बाँकी थियो । तर अहिलेसम्म छाना हाल्ने काम भएको छैन् ।
राष्ट्रिय प्रतियोगिता सुरु हुनु भन्दा एक महिना अगाडी भवन निर्माण सम्पन्न गर्ने शर्तमा उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिइएको थियो । तर तिन महिना भैसक्दापनि निर्माण सम्पन्न भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्