भित्र विद्यार्थी परिक्षामा, बाहिर चाैरमा नेपाली काँग्रेसकाे नगरसभा

<span class='c1'>भित्र विद्यार्थी परिक्षामा, बाहिर</span> <span class='c2'>चाैरमा नेपाली काँग्रेसकाे नगरसभा</span>

विराटनगर उपमहानगरपालिकाले गत बैशाखमा धुमधामका साथ विराटनगरलाइ बालमैत्री नगर घोषणा गर्यो । सरकारले २०६८ साल मै विद्यालयालाई हिंसा मुक्त क्षेत्र बनाउनु पर्ने भन्दै विद्यालय शान्ति क्षेत्र घोषणा गरेको गर्यो । तर बुधबार विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालय पुग्दा त्यहाको वातावरणले विद्यालय शान्ति क्षेत्र र बालमैत्री नगर विराटनगर घोषणाको खिल्ली उडाइरहेको थियो । विद्यालयमा बालबालिकाले शान्तिपुर्ण ढंगबाट पठन पाठन गर्न पाउने अधिकार लाइ सुनिश्चित गर्दै विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको हो । विद्यालयमा पठन पाठन भइरहेको अवस्थामा विद्यालय हाता भित्र कुनै पनि राजनिति दलले सभा सम्मेलन गर्न पाउँदैनन् ।

[caption id="attachment_30818" align="aligncenter" width="640"]congress event in adarsha school (6) तस्विर: अावर विराटनगर[/caption]

तर बुधबार विराटनगरको पुरानो आदर्श उच्च माध्यमिक विद्यालयको प्रांगणमा नेपाली कांग्रेस नगर समितिले भेलाको आयोजना गरेको थियो । एकातिर बालबालिकाहरु पढ्दै थिए । अर्काे तिर नेपाली कांग्रेसका नेताहरु माइकमा चर्काे स्वरमा देश विकासको भाषण गर्दै थिए । नेपाली कांग्रेस नगर समितिले विद्यालयको प्रांगणमा आयोजना गरेको नगर सम्मेलनमा नगर र जिल्ला कांग्रेसका नेता सहित वरिष्ठ नेता रामचन्द्र पौडेल समेत उपस्थित थिए । अर्काे तिर बालबालिकाहरुको पठन पाठन भइरहेको थियो । साथै कक्षा आठको परीक्षा समेत संचालन भइरहेको थियो ।

मानिसको भिड र माईकमा बजेका चर्का आवाज बिच भित्र कसरी पढाई हुदैथियो होला अनि कसरी विद्यार्थीहरुले परीक्षामा सहभागि भए भन्ने अनुमान लगाउन सक्नुहुन्छ होला ।

[caption id="attachment_30797" align="aligncenter" width="499"]पत्रकार महाप्रसाद खतिवडाले अाफ्नाे फेसबुकमा राखेकाे स्टाटस । पत्रकार महाप्रसाद खतिवडाले अाफ्नाे फेसबुकमा राखेकाे स्टाटस ।[/caption]

'अादर्श विद्यालय विराटनगरकाे काेठा भित्र विद्यार्थी पढिरहेका छन् । अागनमा कांग्रेसी अामसभा गरिराछन । चर्काे माइककाे अावाजमा विद्यार्थीले कसरी/के सिक्लान?' भन्दै यसबारे कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले आफ्नो फेसबुकमा चोटिलो प्रहार गर्दै स्टाटस लेखेका थिए । त्यसै स्टासटलाइ पच्छ्याउदै आवर विराटनगर डट नेटकाे हाम्रो टिम सहिद मैदान अगाडी रहेको आदर्श उच्च मावि पुग्दा कार्यक्रम सुरु भईसकेको थिएन । कार्यक्रमका अतिथिहरुलाई पर्खेर सयौं कार्यकर्ता कार्यक्रमस्थल वरिपरि विद्यालयको चौरमा बसेका थिए । विद्यालयको भवनमा समेत लाउड स्पिकर जोडिएको थियो । माईकमा देशलाई शान्त, सुन्दर र सम्पन्न बनाउने गित र भाषण गुञ्जीरहदा विद्यालयका सयौं बालबालिकाहरु भने शान्त वातावरणमा आफ्नो पढ्न पाउने अधिकारबाट समेत बञ्चित भइरहेका थिए ।

[caption id="attachment_30813" align="aligncenter" width="640"]congress event in adarsha school (6) तस्विर: अावर विराटनगर[/caption]

विद्यालयका पूर्व प्राधानाध्यापक खगेन्द्र लामिछानेले आवर विराटनगरलाई प्रतिक्रिया दिदै भने “विद्यालयको पढाई बिथोलिने गरि राजनितिक कार्यक्रम गर्नु गैर कानुनी हो, यस्तो हुनु हुदैनथियो ।” यता विद्यालयका प्रधानाध्यापक दुर्गा चुडाँलले भने वार्षीक परीक्षा सकिएर विद्यालय बिदा दिइएको बताए । उनले भने सबै कक्षाको वार्षिक परीक्षा सकिएर विद्यालय बिदा दिइएको छ । तर कक्षा आठको भने “परीक्षा संचालीत थियो तर परीक्षालाइ कार्यक्रमले असर नगर्ने गरी हामिले व्यवस्थापन गरेका थियौं ।” स्थानिय तहको निर्वाचन नजिकिएसंगै विद्यालयमा कार्यक्रममा गर्ने भन्दै दबाब बढ्न थालेको उनले बताए ।

[caption id="attachment_30816" align="aligncenter" width="640"]congress event in adarsha school (6) तस्विर: अावर विराटनगर[/caption]

यता मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले विद्यालयमा पठन पाठन भइरहेको बेला कार्यक्रम संचालन भएको विषयमा आफुलाइ कुनै पनि जानकारी र गुनासो नआएको बताए । यद्यपी उनले विद्यालयमा पठन पाठन भइरहेको बेलामा कुनैपनि राजनितिक दलको सभा सम्मेलन गर्न भने नपाइने बताए । यस्तो भएको रहेछ भने आइन्दा यस्तो नगर्न विद्यालयलाइ निर्देशन दिने उनले बताए ।

[caption id="attachment_30815" align="aligncenter" width="640"]congress event in adarsha school (6) तस्विर: अावर विराटनगर[/caption]

स्मरण रहोस नेपाली कांग्रेस नगर समितिका सभापति भिम पराजुलि स्वयम् नै आदर्श उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । वैशाखमा हुन लागेकाे स्थानीय निकायकाे चुनावमा विराटनगरकाे मेयरका दाबेदार मानिएका तथा व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका पराजुलिले बालमैत्री नगर, विद्यालय शान्ति क्षेत्रलाइ नै खिल्ली उडाउँदै विद्यालयमा पठन पाठन भएकै बेला कार्यक्रम गर्नु लज्जास्पद हो ।

[caption id="attachment_30817" align="aligncenter" width="640"]congress event in adarsha school (6) तस्विर: अावर विराटनगर[/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्