कटहरीमा भएकाे सासु-बुहारी हत्याकाण्डका अाराेपी पक्राउ

कटहरीमा भएकाे सासु-बुहारी हत्याकाण्डका अाराेपी पक्राउ

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । उनीहरूकाे हत्याकाे अाराेपमा प्रहरी विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने  वर्ष २६ को बिष्णु कुमार डागालाई पक्राउ गरेकाे छ ।

katahari sasu buhari ko hatya aaropi

 

अाराेपी विष्णु कुमार डागालाइ प्रहरीले बिहिबार पक्राउ गरि अाज शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे छ । अाराेपीले अाफु हत्यामा संलग्न भएकाे स्विकार गरेकाे बताइएकाे छ । अाराेपीकाे घरबाट प्रहरीले घट्नामा प्रयोग भएकाे मेड इन युएसए लेखिएको म्यागजिन सहितको ६५ एमएमको पेस्तोल र मृतकहरूले प्रयाेग गर्ने गरेकाे दुइ वटा फाेन पनि बरामद गरेकाे छ ।

घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछि प्रहरी अनुसन्धानमा थप सक्रिय भएकाे थियाे । घटनाबारे थप अनुसन्धानका लागि कर्तब्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरीएकाे प्रहरी नायब उपरिक्षक योगेन्द्र सिंह थापाले बताएका छन् ।

घटना पछि अनुसन्धानका लागि पुर्व क्षेत्रीय अनुसन्धान समुहकाे टाेली समेत परिचालन भएकाे थियाे ।  प्रहरीले अपराधी भाग्न नसकाेस् भनेर सबै नाका शिल गरेर घटनामा संलग्नकाे खाेजी समेत गरेकेा थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्