भिअाइपी स्वागत गर्ने नाममा विराटनगर एयरपाेर्टकाे सुरक्षामा गम्भिर चुनाैती

भिअाइपी स्वागत गर्ने नाममा विराटनगर एयरपाेर्टकाे सुरक्षामा गम्भिर चुनाैती

विराटनगर विमानस्थलमा राजनीतिक दलका नेताहरु आउँदा सयौं मानिसहरु एकै पटक प्रवेश गर्ने गरेका कारण उक्त क्षेत्रको सुरक्षा चुनौती बढेको छ । राजनितिक दलका नेता तथा भीआईपीको स्वागत गर्ने नाममा तोकिएको संख्या भन्दा कयौं गुणा बढी कार्यकर्ताहरु रनवे छेउसम्मको क्षेत्रमा पुग्ने गरेका छन ।

विराटनगर विमानस्थको रनवे छेउको यो क्षेत्रमा भिआइपी र नेता तथा मन्त्रीहरुको स्वागत गर्न बढीमा ११ जना ब्यक्ति मात्र प्रवेश गर्न पाउने नियम छ । तर त्यो भन्दा कयौं गुणा बढी स्थानीय नेता तथा कार्यकर्ताहरु विमानस्थलको निशेषित क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । कार्यकर्ताहरुको भीडले विराटनगर विमानस्थलको यो संवेदनशिल क्षेत्र कुनै बजारको चोक जस्तै देखिने गरेकाे छ । विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीलाई समेते भीडलाई अति बिशिष्ट कक्षमा प्रवेशबाट रोक्न हम्मे–हम्मे पर्ने गरेको छ ।

समय समयमा विराटनगर विमानस्थलकाे माध्यमबाट अाइरहने विभिन्न दलका नेताहरूलाइ स्वागत गर्न अाउनेहरूकाे लावालस्कर देख्न पाइन्छ । साना कार तथा सयौंको संख्यामा मोटरसाइकलमा पुगेका कार्यकर्ताले एयरपोर्ट भरिभराउ देखिने गरेकाे छ । भीआइपी कक्षमा आचारसंहिता विपरीत मानिसहरु प्रवेश गर्नुको साथै एयरपोर्टको रनवेमा छेउमा समेत कार्यकर्ताहरूको भीड हुने गर्दछ । ‘नेताहरुले एयरपोर्टको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएको देखिदैन’, विमानस्थलका एक सुरक्षाकर्मीले भने, ‘हामीले रोक्दा रोक्दै सयौं कार्यकर्ता एयरपोर्ट भित्र प्रवेश गर्ने गरेका छन् ।’

तोकिएको संख्या भन्दा बढी ब्यक्तिलाई सो क्षेत्रमा प्रवेश गर्नबाट रोक्न प्रहरी खटाइए पनि राजनीतिक दलका दबाबकै कारण प्रहरीलेसमेत भीड नियन्त्रण गर्न नसकिरहेकाे देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्