सविन राईको विशेष प्रस्तुती सहित कलेज प्रिन्सको ग्राण्ड फिनाले आज

सविन राईको विशेष प्रस्तुती सहित कलेज प्रिन्सको ग्राण्ड फिनाले आज

प्रेम देवान
विराटनगर २० चैत्र । एड्होम एड्भरटाईजिङ्गको आयोजनामा पहिलो पटक मिष्टर पुर्वाअञ्चल कलेज प्रिन्सको आज आईतबार ग्राण्ड फिनाले हुदैछ ।
ग्राण्ड फिनालेमा विराटनगरको विरेन्द्र सभागृहमा आज साँझ २० जना प्रतिस्प्रधीहरु सहभागी हुदैछन् ।

विराटनगरमा प्राय सौन्दर्य प्रतियोगीता भईरहेता पनि केटाहरुको लागी भने खासै यस्ता खालको कार्यक्रम गरिएको पाईदैन । केटाहरुमा पनि प्रतिको चाख र मोहलाई मध्यनजर गर्दै यस किसिमको कार्यक्रम गरिएको निर्देशक तथा कोरीयोग्राफर साजिद आलमले अावर विराटनगरलाई बताए ।

करिब १ महिना लामो बन्द प्रशिक्षणमा धेरै अनुभव बटुलेका किशोरहरुले आफ्नो प्रतिभा देखाउने भएका छन् । झापा, धरान, ईनरुवा, सप्तरी लगायत विराटनगरका किशोरहरु सामेल भएका छन् । पुर्वाअञ्चल कलेज प्रिन्सको विजेताले नगद ५१ हजार, दोस्रो र तेस्रोले अाकर्षक गिफ्ट हेम्परको साथमा सबटाईटल पाउने छन् ।
यसैविच कार्यक्रममा भव्य र रोमान्चक बनाउन रक गायक सविन राई आवद्ध फेरोह व्याण्डको विशेष धमाका रहने छ । लामो समय देखी विराटनगरमा देखा नपरेका रक गायक सविन राईको व्याण्ड सहित आउने भएको हो । सविनले आफुले गाएका चर्चित गितहरु आम दर्शकमाझ पस्कने छन् । उनले गाएका गुरासको फेद मुनि , सुरुवात गरु कसरी, यो मेरो नेपाल भन्ने जस्ता गीतहरु युवापुस्ता बिच चर्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्