प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु

प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु

विराटनगर, २३ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु भएको छ ।
सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्ग आउटको खेलमैदानमा प्रतियोगितामा बुधबारदेखी सुरु भएको हो ।

उद्घाटन खेलमा चार वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा पोल–स्टार बोर्डिङ स्कूल र अर्किड स्कूल बिच भएको खेलमा ७–२ गोलको अन्तराले पराजित गरी पोल–स्टार स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको हो । सोही दिन भएको दोस्रो खेलमा श्रीराम बोर्डिङ स्कूल र ए–वान क्वालीटि बिच भएको खेलमा ५–१ गोलको अन्तरले पराजित गरी श्रीराम स्कूल क्वाटरफाइनलमा प्रवेश गर्यो । तेस्रो खेलमा अपर्ण र प्यारागनबिच भएको खेलमा २–१ गोलले पराजित गरी अपर्ण बिजयी भयो । त्यस्तै चौथो खेलमा आइडल र भगवती बिच भएको खेलमा ३–१ गोलको अन्तरले पराजित गरी आईडल स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सन्तोष बानियाँले गर्नुभएको थियो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरको १६ निजी स्कूलका शिक्षकहरुको सहभागिता रहेको नेपालको अध्यक्ष प्रवेश दुलालले जानकारी दिनुभयो । वार्षिक परीक्षा सकेर बसेका स्कूलका शिक्षकहरुलाई रिफ्रेस बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको बिहीबारको पहिलो खेल यूनिक र के.एफ.ऐ., दोस्रो खेल राईजिङ्ग र पूर्वाञ्चल बिच प्रतिस्पर्धा आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिहीबारको पहिलो खेल यूनिक र के.एफ.ऐ., दोस्रो खेल राईजिङ्ग र पूर्वाञ्चल बिच प्रतिस्पर्धा आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्