सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट एण्ड ह्याङ्ग आउटको खेलमैदानमा भइरहेको प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको फाईनल खेल अाज हुने भएकाे छ ।
फाइनल खेल अर्पण स्कुल र स्मृति स्कुल बिच अाज साँझ ५:३० बजे हुने भएको छ । चैत २६ गतेसम्म सुरू भएकाे प्रतियोगिताको उद्घाटन सन्तोष बानियाँले गरेका थिए ।
तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा विराटनगरको १६ निजी स्कूलका शिक्षकहरुको सहभागिता रहेको नेपालको अध्यक्ष प्रवेश दुलालले जानकारी दिए । वार्षिक परीक्षा सकेर बसेका स्कूलका शिक्षकहरुलाई रिफ्रेस बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दुलालले जानकारी दिए।