बारम्बार भारतीय प्रहरीले यातना दिएको पिडितहरुको आरोप

बारम्बार भारतीय प्रहरीले यातना दिएको पिडितहरुको आरोप

बिनु तिम्सिना
विराटनगर,२७ चैत÷ सन् २०१४ मा भारतको हरियाणामा भएको धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका आफुहरुलाइ भारतीय प्रहरीले अझै यातना दिइरहेको पिडितहरुले बताएका छन् ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पूर्ण ब्रम्हा कबीर उपासक समाज नेपालले तिन वर्ष अघि भारतको हरीयाणामा धार्मिक गुरु सन्तरामपाल जी महाराजको धार्मिक प्रवचन सुन्न गएका नेपालीहरु प्रति भारतले ज्यादति गरेको आरोप लगाएको छ । हरीयाणा प्रहरीले तिन वर्ष अघि हरियाणामा भएको धार्मिक गुरु सन्तरामपाल जी महाराजको धार्मिक कार्यक्रममा ९ सय भारतीय नागरीक सहित २४ नेपालीलाई पक्राउ गरी यातना दिइएको थियो । जस मध्ये ७ जना नेपाली नागरीकले २ बर्ष जेल सजाय भोग्न बाध्य भएका थिए भने अरुले छ महिना जेल जिवन बिताउनु परेको थियो ।
ब्रम्हा कबीर उपासक समाज नेपालका कामु अध्यक्ष केशवप्रसाद मैनालीले भारतिय प्रहरीले ढेड वर्ष सम्म नेपालीहरुलाइ कैद गरी चरम यातना दिएको बताए । राज्य द्रोहको मुद्धा चलाउन खाजेको भएपनि पुष्टि नभएपछि नेपालीहरुलाइ भारु एक लाख रुपैया धारौटिमा छाडेको भएपनि बिना कारण १५–१५ दिनको तारिखमा बोलाउँदा नेपालीहरु थप पिडित बनेको उनको गुनासो छ । ‘ भारतीयहरु नेपालमा तिर्थयात्राका लागि हामि अतिथि देवो भवः भन्दै सम्मान गर्छाै तर भारत सरकारले भने हामिलाइ आतंककारीलाइ जस्तो व्यवहार गरेको छ । उनले भने,‘कुनै अपराध साबित भए कि दोषी ठहर गरेर सजाय दिनु प¥यो नभए अब कति दिन तारिख धाउने काम धन्दा छाडेर ?’ सरकार, मानव अधिकार कर्मी लगायत सबै निकायमा आफुहरुले सहयोगको याचना गरेको भएपनि कुनै सुनुवाइ नभएका कारण नेपालीहरुले अनाहकमा भारतको यातना भोग्नु परिरहेको उनको गुनासो छ ।
कार्यक्रममा बोल्दै धनुषाका गणेश कुमार महतोले आफु वैदेशिक रोजारीका लागि दुबैमा हुदा इन्टरनेतको माध्यमबाट धार्मिक गुरु सन्तराम पालजी महाराजको धार्मिक प्रवचन सुनेको र नेपाल आएको बेला उहाको प्रवचन सुन्न हरीयाणा पुगेका बेला बिना कारण ६ महिना जेलमा बस्नु परेको बताए । उनले ६ महिना सम्म भारतिय प्रहरीले आफुहरुलाइ आंककारीलाइ जस्तो चरम यातना दिएको गुनासो गर्नुभयो । कुनै अपराध नै नभइ अझैपनि आफुहरुलाइ १५–१५ दिनको तारिखमा भारत बाुलाउँदा आफुले कुनै रोजगारी गर्न नपाएकाले घरपरिवार पाल्नै मुस्कील हुन थालेको उनले बताए । उनले भने, ‘ऋण काडेर एक लाख रुपैयाँ धरौटिमा छुटेको भएपनि अझै १५–१५ दिनमा भारत जानु पर्दा फेरी बैदेशिक रोजगारीका लागि जान पाएको छुइन, १५–१५ दिनमा भारत जानु पर्छ जान आउन नै एक साता बित्स अनि कसरी काम गर्ने, काम गर्न नपाउँदा मेरो परिवारको विचल्ली भइसक्यो ।’ आफुहरुलाइ बिना कारण तारीख धाउन बाध्य पारिएको बिषमा नेपाल सरकारले कुटनैतिक रुपमा पहल गरीदिए दैनिकि सहज बन्ने उनीहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्