बिराटनगर किंग्सको डिपिएलमा शानदार जीत

बिराटनगर किंग्सको डिपिएलमा शानदार जीत

बिबेक दाहाल
बिराटनगर चैत २९,
धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी चौरह क्रिकेट क्लबलाइ २३ रनले हराएको छ । डिपिएलको पहिलो खेल खेलेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । बिराटनगरका लागि कप्तान शरद भेषावकरले ३२ बलमा ४६ रन बनाएका थिए । धनगढीका लागि ललित राजबंशीले सर्वाधिक २ विकेट लिएका थिए । १३५ रनको लक्ष्य पाएको धनगढी २० ओभरमा १११ रनमा सिमित भयो । धनगडीका लागि अमर सिंह रौतेलाले सर्वाधिक २६ रन बनाए भने बिराटनगरबाट कप्तान शरद भेषावकर र सुशील कडेलले समान ३-३ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच कप्तान शरद भेषावकर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्