विराटनगर-धरान व्यापारिक लोकमार्ग ६ लेन बनाउने काम रोकियो

<span class='c1'>विराटनगर-धरान व्यापारिक लोकमार्ग ६</span> <span class='c2'>लेन बनाउने काम रोकियो</span>

प्रबिन दाहाल

विराटनगर, चैत्र २९

विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक लोकमार्गलाई ६ लेनको बनाउने काम रोकिएको छ । काम गरेको रकम दुई महिनादेखि नपाएको भन्दै ठेकेदारले काम रोकेको हो ।

रानी, विराटनगर, इटहरी, धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजनाले सम्पन्न गरेको कामको करिब १५ करोड भुक्तानी नदिएकाले काम रोक्नु परेको ठेकेदार कम्पनीले जनाएको छ ।

सडक विभागले चालु आर्थिक वर्षका लागि ४० करोड रुपैयाँ निकासा गरेपनि थप रकम निकासा नगर्दा ठेकेदार कम्पनीहरुलाई पैसा भुक्तान गर्न नसकिएको आयोजनाका इन्जिनियर सुमोद पोख्रेलको भनाइ छ ।

१० अर्ब ९८ करोड रुपैयाँ लागतमा विराटनगरको रानीदेखि धरानसम्मको साविकको दुई लेन सडकलाई चौडा गरी ६ लेनको बनाउन विभिन्न कम्पनीले ठेक्का पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्