खेलकुदकाे विकासका लागि विश्वविद्यालय अावश्यक

खेलकुदकाे विकासका लागि विश्वविद्यालय अावश्यक

खेलकुद विकासको लागी राज्यले विश्व विद्यालय गठन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
पूर्वाञ्चल आईटियफ एसोसिएसनको छैठौं अधिवेशनको विराटनगरमा शनिबार उद्घाटन समारोहमा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
उद्घाटन सत्रमा बोल्दै युवा संघ नेपालका केन्द्रिय सचिब पर्शुराम बस्नेतले खेल क्षेत्रको विकास लागि राज्यले विश्व विद्यालयको गठन नभएसम्म यस क्षेत्रको विकास हुन नसक्ने बताए । खेल क्षेत्रको विकास गर्न सबै खेलप्रेमी तथा सबै नागरिक जागरुक हुनु पर्ने बताए ।
कार्यक्रममा नेपाल तेक्वान्दो इन्टरनेसनल महासंघको उपाध्यक्ष प्रविनकुमार कार्कीले खेलाडीहरु राष्ट्रको गहना भएकाले खेलकुद क्षेत्रको विकास लागि राज्यले विशेष योजना ल्याउनु पर्नेमा जोड दिए । युवा संघ नेपाल मोरङका अध्यक्ष मुकेश बुढाथोकी, पूर्वाञ्चल आईटियफ तेक्वान्डो एसोसियसनका अध्यक्ष चर्तुरलाल चौधरी लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो इन्टरनेसनल महासंघको उपाध्यक्ष प्रविनकुमार कार्कीलाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्