सार्वजनिक विदाकाे ढाेंग कहिलेसम्म- सराेज कार्की

सार्वजनिक विदाकाे ढाेंग कहिलेसम्म- सराेज कार्की

[perfectpullquote align="right" cite="" link="" color="" class="" size=""]राजतन्त्रको बेलामा राजाको सम्मानमा उनी देश बाहिर जाने र आउने दिन बिदा दिइन्थ्यो । के अहिले गणतन्त्र आइसकेपछि हामीले छानेका हाम्रै प्रतिनिधिलाइ पनि आफु सर्वोच्च र विसिष्ट हुँ भन्ने भ्रम देखाउनका लागि सार्वजनिक विदा दिने अधिकार छ ?[/perfectpullquote]
अहिले हामी इतिहासको त्यो काल खण्डमा उभिएका छौं जति बेला हामीले पहिले भन्दा बढि समय काम गर्नु पर्ने हुन्छ । हामी हरेक नेपालीले यो बेला आफ्नो उत्पादनशिलता बढाएर त्यसलाइ सम्पुर्ण देशको विकास र निर्माणमा लगाउन आवश्यक छ ।
कार्यालय समय भन्दा बढि काम, बढि परिश्रम र बढि उत्पादन गर्नु पर्ने यो समयमा हामी भने हरेक जसो अवसर र बहानामा सार्वजनिक विदा लिइरहेका छौं ।
राजतन्त्रको बेलामा राजाको सम्मानमा उनी देश बाहिर जाने र आउने दिन बिदा दिइन्थ्यो । के अहिले गणतन्त्र आइसकेपछि हामीले छानेका हाम्रै प्रतिनिधिलाइ पनि आफु सर्वोच्च र विसिष्ट हुँ भन्ने भ्रम देखाउनका लागि सार्वजनिक विदा दिने अधिकार छ ?  हाम्रा राजनितिक नेताहरुले यो ढोंगबाट आफुलाइ पर सार्नु पर्छ ।

उता हाम्रै छिमेकि राष्ट्र भारतको उत्तर प्रदेश राज्यका भर्खरै भएका मुख्यमन्त्री योगी आदित्यनाथले भने प्रतिष्ठित व्यक्तिहरुको नाममा हुने गरेको सार्वजनिक विदामा कटौति गर्ने घोषणा गरेका छन् । उनीहरुको नाममा विदा दिनु भन्दा उनीहरुको स्मरणमा त्यस दिन पढाइ गर्नु र काम गर्नु नै वुद्धिमत्तता हुने उनको विचार यहाँका नेताहरुले कहिले सिक्ने ?
सार्वजनिक विदा दिएर देशै ठप्प पार्ने र देशको उत्पादनशिलतामा असर पुर्याउने अधिकार कसैलाइ छैन । अझ आफुलाइ महान र सर्वसाधारण जनता भन्दा फरक देखाउने अधिकार गणतन्त्रको मान्यता बाहिरको कुरा हो ।
सरकार प्रमुख वैदेशिक भ्रमणमा जानु देशहितमा छ, हो हामीले यो राम्ररी बुझेका छौं तर यहि बहानामा सार्वजनिक विदा दिइनु देशहितमा कदापी छैन । यो हामीले कहिले बुझ्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्