विराटनगरमा चलिरहेकाे एडिबिकाे परियाेजनाकाे काम ठप्प

विराटनगरमा चलिरहेकाे एडिबिकाे परियाेजनाकाे काम ठप्प

बिनु तिम्सिना

मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तरगत विराटनगर उपमहानगरपालिकामा जारी विकास निर्माणको काम यतिबेला ठप्प भएको छ । परियोजनाले रकम निकासा रोकेपछि १५ दिनदेखि काम ठप्प भएको हो ।
विराटनगर उपमहानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तरगत भइरहेको विकास निर्माणको काम यतिबेला ठप्प भएको छ । परियोजनाले रकम निकासा रोकेपछि १५ दिनदेखि काम ठप्प हुँदा जारी विकास निर्माणको काम सम्पन्न गर्न ढिलाइ हुने भएको छ ।

मुख्य राजमार्ग नै खनेर विकासको काम भइरहेकाले निकै समस्या झेल्दै आएका सर्वसाधारणले काम रोकिएपछि अझ बढी समयसम्म समस्या झेल्नु पर्ने देखिएको छ । राजमार्गमा ढल विछ्याउन खाल्डो खनि सकिएको अवस्थामा अहिले काम रोकिएका कारण खाल्डो नपुर्दा सर्वसाधरण सास्ती भोग्न बाध्य छन् । विकास निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनले खाल्डो खनेर छाड्दा यातायातका साधन र पैदल यात्रुलाई आवत–जावत गर्न समस्या भएको छ । दैनिक हजारौं मानिस र सयौं सवारी साधनको चाप हुने मुख्य सडकको काम हतार–हतार द्रुत गतीमा अघि बढाउनु पर्नेमा भइरहेको काम समेत रोकिएको छ । संकेत विना खनेर छाडिएको खाल्डामा दुर्घटनाको जोखिम बढ्दा समेत सम्बन्धित निकाय मौन छ । उपमहानगरपालिका भित्र ढल नाला तथा सडक निर्माण गर्न ठेक्का पाएको कालिला कन्ट्रक्सन व्यस्त सडकमा खाल्डा खनेर काम छाडेर बसेको छ । आफुहरुले २० करोड रुपैया पाउँन बाँकी रहेको अवस्थामा विराटनगर उपमहागरपालिकाले रकम निकास रोकेपछि आफुहरुले काम समेत रोकेको कालीका कन्ट्रक्सनका उज्वल प्रसाइको भनाइ छ ।
असारसम्ममा काम सक्ने लक्ष्यका साथ आफुहरु अगाडि बढेको भएपनि रकम निकासा नहुँदा समयमै काम नसकिने उहाँले बताउनुभयो । यता परियोजना व्यवस्थापक उपेन्द्र बराल पनि रकम निकासा दिन नसक्दा काम रोकिएको बताउनुहुन्छ । आफुले रकम निकासाका लागि केन्द्रमा दैनिक पत्राचार गर्ने गरेपनि केन्द्रले रकम पठाउने आश्वासन मात्र दिएको उहाँको गुनासो छ ।
पहिलो चरणको काम जेठको अन्तीमसम्ममा सक्ने लक्ष्यका साथ द्रुत गतिमा काम अगाडि बढाइएको भएपनि रकम निकासा नहुँदा ठेकेदार कम्पनिले काम रोकेकाले बर्खा अगाडि काम सक्न नसकिने उहाँले बताउनुभयो । नगरमा २ अर्ब ९५ करोड लागतमा ढलको नाला, बर्षाको पानि बग्ने नाला, बाटो मर्मत, ट्रीटमेन्ट प्लान्ट लगायतको काम भइरहेपनि अहिले रोकिएको छ । हालसम्म ७७ प्रतिशत मात्रै काम सकिएको छ । पछिल्लो सम्झौता अनुसार असार १८ गते सम्म यि सबै कामहरु पुरा गरिसक्नु पर्नेछ । तर वर्षायाम अगाडि नै काम सकिने कुनै छाँटाकाँट छैन । जसले गर्दा यसपटकको बर्षायाम पनि नगरवासीका लासि पीडादायी बन्ने देखिएको छ ।

अपडेट: विराटनगर उपमहानगरपालिकालाइ ७ दिने अल्टिमेटम दिएर काम सुचारू भएकाे खबर अाजकाे सृष्टि दैनिकले प्रकाशित गरेकाे छ । ७ दिन भित्र निकासा हुनु पर्ने रकम प्राप्त नभए काम बन्द गर्ने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्