बिराटनगरकाे पहिलाे मल्टिप्लेक्स ‘सिटि सिनेमा’ जेठदेखि संचालनमा अाउने

बिराटनगरकाे पहिलाे मल्टिप्लेक्स ‘सिटि सिनेमा’ जेठदेखि संचालनमा अाउने

सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्य सहरहरूमा मल्टिप्लेक्सकाे अनुभव संगालेकाहरू त अझ स्तरीय र दुविधामुक्त रूपमा सिनेमा हेर्न इटहरी बजारसम्म पुग्ने गरेकाे समेत पाइन थालेकाे छ ।
तर यहि जेठ महिना पछि भने याे अवस्था नरहने पक्का भएकाे छ । विराटनगर तिनपैनी चाैकमा सुविधासम्पन्न मल्टिप्लेक्सका रूपमा सिटि सिनेमा संचालनमा अाउने भएपछि यस्ताे समस्या हटि विराटनगरवासीले मल्टिप्लेक्सकाे मज्जा पाउने भएका हुन् ।

कसरी अायाे याेजना ?
विराटनगरका ४ युवा उद्यमीहरु राेशन थापा, सुयेस प्याकुरेल, शुशिल रिजाल र अनुज पाेद्दारकाे लगानीमा सिटि सिनेमा संचालनमा अाउन लागेकाे हाे । हाेटल तथा पर्यटन व्यवसायमा अावद्ध राेशन थापा हाेटल रत्ना, हेराइजाेन रिसाेर्ट, सास्थम बेकरी तथा सास्थम कलेजका संचालक समेत हुन् । यसै गरि सुयेस प्याकुरेल एमएम प्लास्टिक उद्याेगका संचालक हुन् । चन्द्र शिव राइस मिल्सका संचालक शुसिल रिजाल यस क्षेत्रमा स्थापित उद्याेगी हुन् र अनुज पाेद्दार जयश्री पाेलिमर्स लगायत विभिन्न उद्याेगका संचालक हुन् ।
'विराटनगरलाइ जिवित सहरकाे रूपमा स्थापित गर्न हामीले सँधै केहि नाैलाे प्रयास गरिरहेका छाैं' थापाले सुनाए 'विराटनगरमा अाफुले पनि मिस्ड गर्दै अाएकाे मल्टिप्लेक्स अाँफैले किन सुरू नगर्ने भन्ने साेचका साथ सुरू गर्ने याेजना बनायाैं ।' , थापाले सुनाए । 

यस्ताे हुनेछ सिटि सिनेमा 
सिटि सिनेमा अन्तर्गत २ वटा फरक क्षमताकाे हल संचालनमा अाउने छ । ठुलाे हलमा २ सय ३० सिट क्षमता हुनेछ भने सानाे हलमा १ सय १५ सिट क्षमता हुनेछ । हलमा सिनेमा हेर्दा जेबिएल साउण्ड तथा थ्रीडी प्रोजेक्सन सिस्टमकाे मज्जा लिन पाइने संचालक थापाले बताए । सिनेमा हल भित्र सबै तिर वातानुकुल व्यवस्था गरिने छ ।
सिटि सिनेमामा थ्रिडि चलचित्रहरू पनि हेर्न सकिनेछ । हलमा नेपाली, हिन्दी तथा अंग्रेजी सबै भाषाका चलचित्रहरू लाग्ने उनले जानकारी दिए ।

अन्य सुविधाहरू यस्ताे हुनेछ 
हललाइ अावश्यक्ता अनुसार माेडिफाइ गरि स्टेजका रूपमा समेत प्रयाेग गर्न सकिने र कन्सर्ट, टल्क शाे अायाेजना गर्न सकिने व्यवस्था हुनेछ । सिटि सिनेमामा लाग्ने चलचित्रहरूकाे टिकट अनलाइनबाटै बुक गर्न सकिने व्यवस्था गरिन लागिएकाे छ जसले टिकट काट्न कै लागि लामाे समय लाइनमा लाग्नु पर्ने झन्झट हटाउने छ ।
हल भित्रै पपकर्न, पेय पदार्थ लगायत खरिद गर्न सक्ने तथा प्रिअर्डर गरेर चलचित्र हेर्ने अाफ्नाे सिट सम्मै मगाउन सकिने व्यवस्था गर्न लागिएकाे संचालकहरू बताउछन् । यसै गरि सिटि सिनेमाकाे प्राङ्गण भित्र सास्थम बेकरी संचालनमा अाउने समेत बताइएकाे छ जसमा चलचित्र हेर्न अाउने तथा चलचित्र नहेर्नेहरूले पनि कफि र बेकरी अाइटमकाे अानन्द उठाउन सक्नेछन् ।

कहिले देखि संचालनमा अाउने छ ?
'बाहुबली २ लाइ टार्गेट गरेर सिटि सिनेमा सुरू गर्ने याेजना थियाे तर नभ्याउने भयाैं', थापाले दुख व्यक्त गरे 'सबै कुरा तयार गरिसक्दा अलि पछि सर्ने भयाे उद्घाटन' । जेठकाे पहिलाे साताबाट भने मल्टिप्लेक्स तयार भइ चलचित्र लाग्न सुरू हुने उनले बताए । 

सिटि सिनेमासँगै विराटनगरमा खुल्न लागेका केहि व्यापारिक मलहरूमा पनि मल्टिप्लेक्स खुल्न लागेका छन् । यस्ता मल्टिप्लेक्सहरूले विराटनगरवासीलाइ मात्र नभइ नेपाल र भारतिय सिमा क्षेत्रमा बसाेबास गर्नेहरूका लागि पनि सुविधायुक्त रूपमा चलचित्र हेर्ने सुविधा थप्नेछ भन्ने अाशा हामीले लिएका छाैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्