कटहरीकाे सासुबुहारी हत्या काण्डमा बाबु-छाेरा पनि पक्राउ

कटहरीकाे सासुबुहारी हत्या काण्डमा बाबु-छाेरा पनि पक्राउ

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले बाबु-छाेरालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बुबा इन्द्रचन्द्र डागा र उनका छाेरा राम डागालाइ पक्राउ गरेकाे हाे । दुबै जनाकाे श्रीमतीहरूकाे गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर हत्याभएकाे थियाे । सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछि प्रहरी अनुसन्धानमा थप सक्रिय भएकाे थियाे ।

[caption id="attachment_30887" align="aligncenter" width="640"]katahari sasu buhari ko hatya aaropi अनुसन्धान पछि पक्राउ परेका घटनाका अाराेपी २६ वर्षिय बिष्णु कुमार डागालाइ सार्वजनिक गर्न प्रहरीले अायाेजना गरेकाे पत्रकार सम्मेलन[/caption]

उनीहरूकाे हत्याकाे अाराेपमा यस अघि नै प्रहरी विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने  वर्ष २६ को बिष्णु कुमार डागालाई पक्राउ गरेकाे छ । विष्णु डागा उक्त परिवारकाे भतिज भएकाे र उनलाइ हिरासतमा राखि थप अनुसन्धान गर्दा उनकै बयानका अाधारमा बाबु छाेरालाइ प्रकाउ गरेकाे हाे ।
माेरङ प्रहरीका एसपी संजीव भण्डारीले पक्राउकाे पुष्टि गर्दै यसबारे मंगलबार पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराइने बताएकाे अाजकाे न्यु सृष्टि दैनिकले समाचार लेखेकाे छ ।

[caption id="attachment_30888" align="aligncenter" width="1000"]katahari sasu buhari ko hatya aaropi अाराेपी भतिजा विष्णु डागालाइ सार्वजनिक गर्दै प्रहरी ।[/caption]

घटना पछि अनुसन्धानका लागि पुर्व क्षेत्रीय अनुसन्धान समुहकाे टाेली समेत परिचालन भएकाे थियाे ।  प्रहरीले अपराधी भाग्न नसकाेस् भनेर सबै नाका शिल गरेर घटनामा संलग्नकाे खाेजी समेत गरेकेा थियाे ।

थप समाचार:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्