जात मिल्ने हैन, भात निल्ने चाहिन्छ – भूमिका पाख्रिन

जात मिल्ने हैन, भात निल्ने चाहिन्छ  – भूमिका पाख्रिन

नेट चलाइहरेको रहेको थिए, एक्कासी एक चलचित्रको ट्रेलरतर्फ नजर प¥यो । नयाँ नेपाली चलचित्र घामपानीको ट्रेलर रहेछ । ट्रेलरले असाध्यै मन छोयो, तत्काल आइसिनेमा, इटहरीको नम्बरमा डायल गरे । चलचित्रको शो मध्यान्न १२ बजेको छ भन्ने सुन्नासाथ दोधारमा परे । किनकी त्यसबेला ११ बज्नै लागेको थियो र म इटहरी भन्दा करीब ३५ किलोमिटर टाढा थिए । यद्धपी ट्रेलरका संवादहरुले मलाई यसरी तान्यो कि म भोलिलाई कुर्नै सक्दिन थिए । त्यसैले हतार हतार तयार भएर म चलचित्र घामपानी हेर्न इटहरीतर्फ हुइकिए ।

 

चलचित्र सुरु भयो, करीब २ घण्टाको चलचित्र हेरुन्जेल अन्यत्र ध्यान मोडिएन, चलचित्रको अवधीभर म मात्र हैन, हल भरीका दर्शकलाई मजाले बाध्न सफल भयो भन्ने मेरो बुझाइ हो । साधारण कथा वस्तु, उत्कृष्ट संवाद र कलाकारको जीवन्त अभिनयलाई चलचित्र हेरेको भन्दापनि आफ्नै गाँउघरमा भएका घटनालाई नजिकबाट नियालेको महशुश भइरहेको थियो । हुन त चलचित्रले कुनै महान विषयलाई उठान गरेको छैन । अन्तरजातीय प्रेमकथालाई देखाउन खोजिएको एक साधारण कथामा न त जातीयताका नारा घन्किन्छ, न तर हिरोले हिरोइनलाई पाउनका लागि ठुलो युद्ध नै गर्नुपर्छ । न कुनै अपत्यारीला फाइट नै । चलचित्र हेरिरहदा दर्शकलाई सामान्य र सरल लाग्ने जीवनशैलीलाई साधारण ढंगमा प्रस्तुत गर्नु नै फिल्मको सबल पक्ष हो भन्ने महशुश हुन्छ । जे होस्, चलचित्र हेर्दा २५० रुपैया खर्च भएको दर्शकलाई पक्कै लाग्ने छैन । चलचित्र हेरेसकेपछि विभिन्न विचारहरु मनमा खेलिरहेका थिए ।

 

अन्तरजातीय विवाहलाई स्वीकार गर्न नेपाली समाज अझै किन हिच्किचाइ रहेको छ ?आखिर हामी सबै नेपालका नागरिक, देशको एउटै भौगोलिक सीमाना भित्र बसेर, हरेक क्षेत्रमा सहकार्य गर्दै अगाडि बढेका हुन्छौ । तथापी अन्तरजातीयविवाहको सवालमा बाधाअड्चनहरु हरेक समाज अनि समुदायमा देखिने गरेको छ । बास्तव मै विवाहले जीवनको अन्तिम क्षणसम्मपनि हरेक पलमा साथ दिने सहयात्रीलाई जोड्ने हैन र ? त्यसो भए जातलाई नै किन यति धेरै महत्व ? समय परिवर्तनशील छ, समयले निक्कै फड्को मारिसकेको वर्तमान अवस्थामा पनि हाम्रो समाजमा चाँही अझैपनि किन जातलाई यति धेरै महत्व दिइएको होलाभन्ने कुराहरु मेरो मानसपटलमा घर आइपुगुन्जेलसम्म पनि सल्बलाइरहे । तथापी चलचित्रको एक दृश्यमा बोलिएको संवादले साच्चै मन छोयो – मलाई जात मिल्ने हैन, भात निल्ने चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्