कटहरी घटनामा बाबु छाेरा पक्राउ नपरेकाे स्पष्ट,हत्यामा संलग्न अन्य दुईलाइ कारागार चलान

कटहरी घटनामा बाबु छाेरा पक्राउ नपरेकाे स्पष्ट,हत्यामा संलग्न अन्य दुईलाइ कारागार चलान

भूमिका पाख्रिन
मोरङको कटहरीमा गतवर्षको चैत्र ४ गते भएको सासु- बुहारीको हत्यामा संलग्न दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । डागा परिवारका सासु बुहारी हत्याकाण्डमा प्रहरीले मुद्दा चलाएका विराटनगरका विष्णुकुमार डागा र शुभम लखोटियालाई मोरङ जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको हो । चैत्र ४ गते कटहरीका इन्द्रचन्द्र डागाकी ४४ वर्षीया श्रीमती दीपा डागा निरौला र २२ वर्षीया बुहारी अस्मिता भट्टराई डागाको गोली प्रहारबाट निजकै घरमा बीभत्स हत्या भएको थियो । कारागार चलान गरिएका बिष्णु नातामा मृतक दीपाका पति इन्द्रचन्द्रका भतिजा रहेको बुझिएको छ । अभियुक्त बिष्णुले हत्याको केहिदिन अघि अर्का अभियुक्त शुभमको सहयोगमा भारतबाट पेस्तोल किनेर ल्याइ योजनाबद्धरुपमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । हत्याको मुख्य कारण आर्थिक लेनदेन रहेको मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारीले बताउनु भयो ।

साथै हिजाे मंगलबारकाे न्यु सृष्टि दैनिककाे समाचारमा प्रकाशित गरिए अनुरूप बाबु इन्द्र चन्द्र डागा र छाेरा राम डागालाइ प्रहरीले पक्राउ नगरेकाे स्पष्ट पारेकाे छ । अाजकाे अंकमा समाचार प्रकाशित गर्दै न्यु सृष्टिले सुचना प्रदान गर्ने क्रममा असमझदारी भएर पक्राउकाे समाचार बाहिरिएकाे माेरङ प्रहरीका एसपी संदिप भण्डारीलाइ उदृत गर्दै समाचार लेखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्