क्रिकेट समर्थक मोरङ्ग र झापा बिच मैत्रीपूर्ण एकदिवसीय क्रिकेट खेल हुने

क्रिकेट समर्थक मोरङ्ग र झापा बिच मैत्रीपूर्ण एकदिवसीय क्रिकेट खेल  हुने

बिराटनगर बैशाख १३ ,

नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती मोरङ्ग र नेपाली क्रिकेट समर्थक समाज झापा बिच मैत्रीपूर्ण एकदिवसीय खेल हुँने भएको छ । दुई टोलिबिच  तीन खेलको सिरिज हुनेछ  ।पहिलो खेल वैशाख १६ गते मोरङको मङ्लबारेको चाइनिज क्याम्पसकाे खेल मैदानमा हुनेछ भने अरुको मिति पहिलो खेलको समाप्ति पछि तय हुनेछ । यसैबिच नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती मोरङ्गले आफ्नो प्रारम्भिक खेलाडीको सुची प्रकासित गरेको छ ।पहिलो चरणमा १७ जना खेलाडी छनोट गरिएको छ ।  ईश्वर रेग्मीको प्रशिक्षणमा रहेको आफ्नो पाेल्टामा पार्ने दाबी रेग्मीले गरे । रुद्र लामिछानेको व्यवस्थापनमा रहने टोलीमा बिबेक कुइकेल , एकराज भट्टराई , ज्योति देवान , बिपिन धिमाल , किरन देवान ,अभिषेक श्रेष्ठ , राजकुमार खत्री , सुनिल खनाल , चेतन खतिवडा , दिलिप अधिकारी , राजन चौधरी , दिपेन्द्र कार्की , सैलेश रेग्मी , अभिषेक भट्टराई , कृष्ण पोखरेल , सचिन भण्डारी र जीवन सुवेदी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्