बिराटनगरलाई चाहिएको मेयर – शान्डिल्य काफ्ले

बिराटनगरलाई चाहिएको मेयर – शान्डिल्य काफ्ले

बिराटनगर – ४
बिराटनगर एक राजनीतिको ऐतिहासिक राजधानी हो | बिराटनगरले जुट मिलको आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन हुदै ठुला राजनीतिक परिवर्तनमा हातेमालो गरेको छ | २० बर्ष पछि हुन लागेको स्थानीय निकायको निर्बाचनले अहिले देश भरिनै उत्साह फैलिएको छ, त्यसमा बिराटनगर पनि अग्र पंक्तिमा आउछ | आफुले छानेको प्रतिनिधिले अब आफ्नो ठाउँ बनाउने छन् भन्ने आशले भरिएका बिचारहरु जता ततै सुन्न पाईन्छ | २० बर्ष सम्म जन प्रतिनिधि बिहिन स्थानीय निकाय हुँदा भोगेका समस्या छिट्टै समाधान हुने आश सबै जनतामा प्रस्ट देख्न पाईन्छ | गाउँ देखि नगर सम्म अहिले जताततै चुनाबी माहोल छाएको छ | आफुले समर्थन गर्ने पार्टी र व्यक्तिलाई समर्थन गर्ने हरुले विभिन्न माध्यम बाट समर्थन गरेको देख्न थालिएको छ | केहि ठुला भनिएका पार्टी देखि लिएर साना पार्टी र नयाँ शक्ति मानिएका पार्टीहरुले आफ्नो आफ्नो उम्मेदवार घोसणा गर्ने क्रम सुरु भएको छ | यद्धपि अन्तरिक विवाद वा राम्रो उम्मेदवार चुन्ने धुनमा चुनाबको मिति नजिकिदै गर्दा सम्म पनि कति पार्टीहरुले उम्मेदवार चुन्न सकेका छैनन |
देशको राजधानी काठमाडौँमा बिबेकशील नेपाली दलले २१ बर्षीय रन्जु दर्शनालाई मेयरको रुपमा उम्मेदवारी दिए पछि अहिले देश भरिनै युवालाई आगामी स्थानीय निर्बाचनमा मौका दिनु पर्ने आवाज गुन्जिन थालेको छ | युवा नै परिवर्तनका सम्बाहक हुन् भन्दै अहिले धेरै पार्टीहरुले युवालाई नेतृत्व तहमा लग्नु पर्ने विचार आगाडी सारेको पाईन्छ | युवामा सकारात्मक उर्जा हुने, त्यो उर्जालाई अनुभवले साथ दिन सके देश बनाउन समय नलाग्ने धेरै युवाहरुले आजकल सामाजिक संजालमा त्यस्ता विचार ब्यक्त गरेको देखिन्छ | भ्रस्टाचार, अपारदर्शीता, बेरोजगारी लगायत अनगिन्ति समस्याले जेलिएको देशमा बास्तबमै यस्तो नेतृत्वको खाँचो छ जसले बास्तबमै कुरामा हैन काममा देशलाई बिकासको बाटोमा मार्गनिर्देश गर्न सक्छ |
२० बर्ष पछि हुन लागेको स्थानीय निर्बाचनले आगामी ५ बर्षको लागि स्थानीय निकायको सम्पुर्ण जिम्बेवारी ति प्रतिनिधिहरुलाई दिन्छ, जसलाई जनतालाई आफ्नो अमुल्य भोट दिएर बिजय गराऊछन् | राम्रो भनेर छानेका पहिलेका प्रतिनिधिहरुले नराम्रा र जनहित बिपरित काम गरेको देखि सकेका जनताले यस पटक पक्कै पनि राम्रा व्यक्तिलाई सम्पुर्ण अधिकार सुम्पिन्छन त्यसमा कुनै सन्देह नै छैन | २० बर्षको समयमा शीक्षित ब्यतिहरुको संख्या पनि बढेको छ, जसले आफ्नो अमुल्य मतको मूल्य बुझेका छन् | पार्टीहरुले पनि यसपटक निक्कै होसियारीको साथ उम्मेदवार उठाउन जरुरी छ, अन्यथा उनीहरुको पराजय निस्चित हुनेछ |

बिराटनगरलाई कस्तो मेयर बेठिक
- जनताको अधिकारको निम्ति भन्दै सडक देखि संसद सम्म बन्द गर्नु पर्ने भन्ने र गर्न तम्सिने वा भनौ बन्द गर्दै हिड्ने जो कोहि जुनसुकै पार्टीको व्यक्ति |
- गरिबलाई झन् गरिब र धनीलाई मात्र सम्मानको दृस्टीले हेर्ने व्यक्ति |
- निजि बिद्यालयमा शुल्क वृद्धिको बिरोध गर्दै ताला लगाउने वा लगाउन उस्काउने तर सरकारी बिद्यालयको शैक्षिक अवस्था सुधारको निम्ति केहि पहल नगर्ने व्यक्ति |
- आफ्नो केहि व्यापार/उद्यम नगर्ने, राजनीतिलाई गरि खाने पेसा बनाउने जो कोहि व्यक्ति |
- भ्रस्टाचार गरेको वा भ्रस्टचारीलाई सहायोग र संरक्षण गरेको व्यक्ति |
- पैसाको आडमा राजनीति गरेको व्यक्ति, अझ भनौ पार्टीलाई सहयोग गरेको तर नागरिकलाई अहिले सम्म सहयोगी दृष्टिले नहेरेको व्यक्ति |
- बिराटनगर विकासको कल्पना भन्दा, आफ्नो पार्टी र कार्यकर्ताको विकासलाई बढी महत्व दिन खोज्ने व्यक्ति |
- जनताले धेरै पटक विश्वास गरेको र त्यसै बाट धेरै धोका खाएको व्यक्ति पनि बिराटनगरलाई मेयरको रुपमा हेर्न कठिन हुनेछ |

बिराटनगरलाई कस्तो मेयर ठिक
- गरिखान पाउने सहरको कल्पना गर्ने, जस्तो सुकै बन्द हड्ताल र तोडफोडको बिरोध गर्ने र बिरोध गर्ने क्षमता राख्ने व्यक्ति |
- गरिबलाई उद्यम दिलाउने योजना भएको, गरिबको आशुलाई बुझ्न सक्ने र धनि र गरिब बिचको खाल्डोलाई पुर्न सक्ने आधार भएको व्यक्ति |
- सरकारी निकायलाई चुस्त दुरुस्त र पूर्ण जबाफदेही बनाउन पहल गर्ने व्यक्ति |
- आफ्नै केहि व्यापार/उद्यम गर्ने गरेको व्यक्ति, जसले राजनिती सेवा ठान्छ पेसा हैन |
- जसले उद्यमसिलतालाई देश विकासको आधार ठान्छ, जसले उद्यमसिलतालाई अंगालेर हिडेको छ त्यस्तो व्यक्ति |
- जोश र सकारात्मक उर्जा भएको व्यक्ति, जसले बिराटनगर र त्यहाको समाजलाई मज्जाले बुझेको होस् |
- राजनीतिक कुसंस्कारलाई फेर्न सक्ने व्यक्ति होस्, जसले नागरिकलाई राज्य प्रतिको कर्तब्य बोध गराउन सकोस |
- बिराटनगर उपमहानगरपालिका का सम्पूर्ण कर्मचारीलाई सकारात्मक उर्जा सहित काम गर्ने बातावरण दिन सक्ने व्यक्ति |
- यो बाद, त्यो बाद भनेर पछ्याउने भन्दा समय सापेक्ष सुधार गर्ने व्यक्ति |
- नागरिकको सुरक्षालाई महत्व दिने र बिराटनगर बासीको हितको लागि राज्य संग पनि लड्न सक्ने व्यक्ति |
- बिराटनगरमा रात्री जीवनको परिकल्पना सहित रातको समयमा पनि व्यापार व्यवसाय गर्ने बातावरण बनाउन सक्ने व्यक्ति |
- भ्रस्टचारलाई निर्मुल, पारदर्शीतालाई उच्च स्थानमा राखेर नगर बनाउन अठोट भएको व्यक्ति |
- बालक, युवा, बृद्ध सबैलाई समेटेर नगर विकासमा उत्प्रेरणा दिन सक्ने व्यक्ति |
- बिराटनगरको हरेक समस्या संग लडेको, जुधेको वा भोगेको व्यक्ति, जसले बाहल हुने बितिक्कै कार्य सम्पादन गर्ने हिम्मत राख्छ |
- आफ्नो कार्यकालमा बिराटनगरलाई धुवा धुलो मुक्त गराउन सक्छ, बिराटनगरलाई देशकै नमुना शहर बनाउन सक्छ |
- बिराटनगरको एतिहासिक सम्पदाको पहिचान गरि पर्यटनमा सुधार ल्याउन सक्छ |
- बिराटनगरलाई ब्यापारिक राजधानी बनाउन सक्छ, लगानी गर्ने बातावरण बनाउन सक्छ |
- बिराटनगरमा भएमा बन्द उद्योगलाई संचालनमा ल्याउने हिम्मत गर्छ, रोजगारीको अवसर सिर्जना गर्न सक्छ |
- बिराटनगरको बढ्दो तापक्रम नियन्त्रण गर्ने ठोस कर्यक्रम ल्याउछ, दिगो बिकासको सहि योजना बनाएर काम गर्न सक्छ |
- बिराटनगरबासी सम्पूर्ण नागरिकहरुमा एकताको सन्देश छर्न सक्छ, पहाडी मधेसी बिचको दुरीलाई चिर्न सक्छ |

राजनीतिक पार्टीले मेयर उठाउदा पार्टीलाई सहायोग गरेको आधारमा उठाए, जनताले पनि जनतालाई सहयोग गरेको आधारमा भोट दिन पक्कै जानेका छन् | त्यस पछि सजिलै हेर्न सकिने छ, जित पार्टीको हन्छ कि जनताको | यहाँ जनताको समस्या बुझ्ने भन्दा पनि पार्टीमा कसको पहुच बढी छ, त्यसले उम्मेदवार पाउने सम्भावना देखिए पछि हामी जनताले पनि आफुलाई चाहिने उम्मेदवार छान्ने बेला आएको छ | यसपटक जनताले पार्टी भन्दा नि व्यक्ति हेर्नु हुनेछ, अनि जित आफ्नै पक्षमा पार्नु हुनेछ, यसमा कुनै सन्देह नै छैन |
अन्त्यमा, युवा भबिस्यका कर्णधार मात्र हैन, वर्तमानका साझेदार पनि हुन् | यसपालिको स्थानीय निर्बाचनमा युवालाई अघि लगाउन सके मुलुकले काँचुली फेर्छ भन्ने विश्वास लागेको छ | सबैमा यसपटको चुनाबमा हाम्रोलाई हैन, राम्रोलाई चुनौ भन्ने अनुरोध गर्न चाहन्छु | ५ बर्ष सम्म देशको ढुकुटीको साँचो जिम्मा लगाउने व्यक्ति छान्दा बिबेक प्रयोग गरौ, किनकि यो देश ढले हामी पनि यसै साथ ढल्छौ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्