दिल्ली डेयरडेभिल्सको गुजरात लायन्समाथि शानदार जित

दिल्ली डेयरडेभिल्सको गुजरात लायन्समाथि शानदार जित

दिल्ली डेयरडेभिल्सले दशाैं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात लायन्सलाई पराजित गरेको छ । लिग अन्तरगत बिहीबार राति भएको खेलमा दिल्लीले गुजरातलाई ७ विकेटले पराजित गरेको हो ।

फिरोज शा कोटला क्रिकेट स्टेडियममा पाहुना टोलि गुजरातले दिएको २०९ रनको लक्ष्य दिल्लीले  १५ बल बाँकी रहदै मात्र तीन विकेट गुमाएर पुरा गर्यो । जितसँगै दिल्लीको प्ले अफमा पुग्ने झिनो सम्भावना कायम रहेको छ । १० खेलबाट ८ अंक जोडेको दिल्ली छैटौं स्थानमा छ । यता ११ खेलबाट ६ अंक जोडेको गुजरात सातौं स्थानमा छ । र, गुजरातको प्ले अफ पुग्ने सम्भावना सकिएको छ ।

दिल्लीको जितमा रिसब पन्तले ९७ तथा सन्जु सामसनले ६१ रनको योगदान दिए । पन्त र सामसनले दोस्रो विकेटका लागि १४३ रनको साझेदारी गरेका थिए । ४३ बलको सामना गरेका पन्तले ९ छक्का र ६ चौका हानेका थिए । सामसनले ३१ बलमा ७ छक्काको मद्दतमा ६१ रन बनाएका हुन् । यस्तै कोरी एन्डरसनले १८, श्रेयर ऐएरले १४ तथा करुन नायरले १२ रन बनाए । गुजरातका रविन्द्र जडेजा, प्रदिप साङवान र बसिल थम्पिले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०८ रन बनाएको थियो । गुजरातका लागि कप्तान सुरेश रैनाले ७७ र दिनेश कार्तिकले ६५ रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै आरोन फिन्चले २७ तथा रविन्द्र जडेजाले १८ रन जोडे  । दिल्लीका कागिसो रबाडा र प्याट क्युमिन्सले समान दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्