नयाँ फर्म्याटमा क्रिकेट म्याच विराटनगरमा हुदै

<span class='c1'>नयाँ फर्म्याटमा क्रिकेट</span> <span class='c2'>म्याच विराटनगरमा हुदै</span>

बिराटनगर : बैसाख २३ : नेपाल क्रिकेट फाउन्डेसनले नेपालमा नै पहिलो पटक नयाँ फरम्याटको क्रिकेट खेल आयोजना गर्दैछ। बैजनाथपुरको क्रिकेट मैदानमा हुने यस एक दिवसीय खेल ९३ ओवरको हुनेछ जस्मा पहिलो ब्याटिङ गर्ने टिमले ५० ओवर खेल्न पाउने छ भने दोस्रोले ४३ ओवर खल्न पाऊने छ । बेलायतको लिगहरुमा बिशेेष खेलिने यस फरम्याटको क्रिकेटले खेेेलाडीलाई खेल खेल्न प्रोत्साहन गर्ने कुरा बताउछन फाऊन्डेसनका संस्थापक अभिषेक श्रेष्ठ । श्रेष्ठ भन्छन बेलायत बस्दा यस फरम्याटको क्रिकेट उनी आफैले खेलेर आएका हुन ।
अंकको आधारमा खेलिने यस फरम्याटमा ब्याटिङ गर्ने टिमले १२० रन बनाएपछि १ अंक प्राप्त गर्ने छ भने , अधिक्तम एउटा टिमले १० अंक सम्म हासील गर्न सक्नेछ । बलिङ गर्ने टिमले हरेक विकेट झरे बापत १ अंक प्राप्त गर्नेछ । पहिलो ब्याटिङ गरेर बिजेता हुने टिमले ३० अंक प्राप्त गर्नेछ भने दोस्रो ब्याटिङ गरेर बिजेता हुने टिमले २० अंक प्राप्त गर्नेछ ।
बैसाख २३ गते शनिवार बिहान ८:३० देखि बिराटनगर निलो र बिराटनगर रोतो बिच बैजनाथपुरको मैदानमा हुन गइरहेको यस खेलमा बिराटनगरका अन्तराष्ट्रिय खेलाडी सिद्दान्त लोहोनीले बिराटनगर निलो टिमको कप्तानी गर्नेछन भने बिराटनगर रातो टिमलाई फिदोस अन्सारीको कप्तानी प्राप्त हुनेछ। यस फरम्याटको क्रिकेटले क्रिकेटमा नयाँ जोश र हौसला ल्याउन सकिने भएकाले यस फरम्याटलाई आगामी दिन नेपाल क्रिकेट फाउडेसनले प्राथमिक्तामा राख्ने जानकारी संस्थापक अभिषेक श्रेष्ठले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्