विराटनगर र विरगन्जलाइ महानगरपालिका बनाउने तयारी सुरू

विराटनगर र विरगन्जलाइ महानगरपालिका बनाउने तयारी सुरू

विराटनगरलाइ महानगरपालिका बनाउने तयारी सरकारले थालेकाे छ । अाैधाेगिक क्षेत्र विराटनगर र विरगन्ज दुबैलाइ महानगरपालिका बनाउने तयारीमा लागेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका हुन् । दाश्राे चरणकाे स्थानीय निकायकाे चुनाव अघि नै यि दूइ सहरलाइ महानगरपालिका बनाउने तयारी सरकारले गरेकाे हाे ।यि दुइ सहरलाइ महानगरपालिका बनाउनुपर्ने माग मुख्य गरि प्रतिनिधि मण्डलमा सांसदहरु महेश आचार्य, भरतमोहन अधिकारी, मिनेन्द्र रिजाल, दिलिप गच्छदार, डिकबहादुर लिम्बु, शिवकुमार मण्डल, अमृत अर्याल, फरमुल्ला मन्सुर र आनन्द ढुंगानाहरूकाे टाेलीसँग कुरा गर्दै यि जानकारी प्रधान मन्त्रिले गराएका हुन् । सीमाना हेरफेर नगरी सरकारले दुई उपमहानगरपालिकालाई महानगर बनाउने तयारी गरेको जानकारी प्रधानमन्त्री दाहालले गराएको भनी प्रतिनिधि मण्डलमा सामेल सांसद अमृत अर्याललाइ उदृत गर्दै कान्तिपुर दैनिकले समाचार सम्प्रेशन गरेकाे छ । उक्त टाेलीले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई सयुक्त रूपमा भेटेका थिए । महानगरपालिका बनाउन आवश्यक पूर्वाधार रहेकाले पनि तत्काल घोषणा गर्न प्रतिनिधि मण्डले प्रधानमन्त्रीसँग जोड गरको थिए । ‘प्रजातान्त्रिक आन्दोलनमा विराटनगर र वीरगन्जले पुर्‍याएको योगदान, मजदूर आन्दोलनको केन्द्र, वीपी, गिरिजाप्रसाद र मनमोहनको गृहजिल्ला, औद्योगिक केन्द्रलगायतको आधारमा पनि महानगर बनाउनु पर्छ भन्ने हाम्रो जोड रह्यो,’ अर्यालले भने, ‘प्रधानमन्त्रीले तत्काल घोषणा गर्ने वचन दिनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्