विराट काेहली फ्यान्स क्लब विजयी

विराट काेहली फ्यान्स क्लब विजयी

इन्टरनेशनल विराट काेहली फ्यान्स क्लब र युथ फर ब्लड माेरङ बिच मैत्रीपुर्ण क्रिकेट प्रतियाेगिता भएकाे छ । महेन्द्र माेरङ कलेजकाे खेल मैदानमा भएकाे उक्त प्रतियाेगितामा फ्यान्स क्लबले युथ फर ब्लडमाथी २ विकेटकाे जित दर्ता गरेकाे छ ।
टस जिति पहिले ब्याटिङ राेजेकाे युथ फर ब्लडले १५ अाेभरकाे खेलमा पाँच विकेट गुमाएर १ सय ३८ रन बनाउदै १ सय ३९ रनकाे लक्ष्य प्रदान गरेकाे थियाे । यसका लागि चन्दन शर्माले २८ बल खेल्दै दुइ छक्का र ४ चाैकाकाे मद्दतमा ४९ रनकाे याेगदान गरे । यसै गरि जितेन्द्र यादवले २७ बलमा ३४ रन, सराेज कार्कीले नट अाउट १७ रनकाे याेगदान गरे भने अन्य ब्याट्स म्यानहरूले दाेहाेराे अंक जुटाउन सकेनन् । युथ फर ब्लडले अाफ्नाे कप्तान गाेविन्द झालाइ सुन्य रनमा नै रन अाउट भएर गुमाउन पुगेकाे थियाे । फ्यान्स क्लबका लागि अभियान यादव र दिपेश कटवालले एक एक विकेट लिएका थिए । अन्य खेलाडीलाइ रन अाउट गराए ।

[caption id="attachment_32770" align="aligncenter" width="960"] युथ फर ब्लडका खेलाडीहरू । तस्विर: सटर अप स्टुडियाे[/caption]

जवाफमा ब्याटिङमा उत्रिएकाे विराट काेहली फ्यान्स क्लबका सुरूवाती खेलाडीहरू मैदानमा धेरै बेर टिक्न सकेनन् । कप्तान राैनक अग्रवाल सहित दिपेश , साइरस लगायतका खेलाडी दाेहाेराे अंककाे रन जाेड्न नपाउँदै अाउट भएपछि ब्याटिङमा अाएकाे पारस काेइराला, बिक्रम र राहुल मण्डलले सम्हालिएकाे पाली खेल्दै टिमलाइ जित तिर डाेर्याएकाे थियाे । पारसले ११, बिक्रमले २१ रन र राहुल मण्डलले २२ बल खेल्दै ६५ रनकाे उत्कृष्ट पाली खेलेका थिए । फ्यान्स क्लबले १३ दशमलब ३ अाेभर खेल्दै निर्धारित लक्ष्य हासिल गरेकाे थियाे । युथ फर ब्लडकाे तर्फबाट विवेक दाहालले ३, जितेन्द्र यादव, सराेज लम्साल र सराेज कार्कीले बराबर १ विकेट लिएका थिए ।

[caption id="attachment_32771" align="aligncenter" width="686"] म्यान अफ दि म्याच फ्यान्स क्लबका राहुल मण्डल । उनले २२ बलमा ६५ रनकाे याेगदान दिएका थिए । तस्विर: सटर अप स्टुडियाे[/caption]

खेलकाे म्यान अफ दि म्याच इन्टरनेशनल विराट काेहली फ्यान्स क्लबका राहुल मण्डल भएका थिए । खेलमा सटर अप स्टुडियाेले अफिसियल फाेटाेग्राफी गरेकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्