माेरङ व्यापार संघको निर्वाचनस्थलमा तनाव (भिडियाे सहित)

माेरङ व्यापार संघको निर्वाचनस्थलमा तनाव (भिडियाे सहित)

प्रेम देवान / आवर विराटनगर नेट ।
विराटनगर २४ बैशाख । मोरङ व्यापार संघको ३१ औ कार्य समितिका लागि आज बिहान भएको निर्वाचनमा अध्यक्ष पदका पवन सारडा र राजेन्द्र राउत पक्ष विच तनावकाे अवस्था सृजना भएकाे छ । व्यापार संघमा अध्यक्ष पदका लागी तनाव भएकाे हाे । करिब आधा घन्टा भन्दा बढी भएको विवाद अहिले सामान्य बनेको छ । मतदानमा कुनै पनि अप्रिय घटना नहोस भनेर मोरङ प्रहरीले बाक्लो मात्र सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न स्वार्थका कारण दुई समूहमा विभाजित व्यवसायीहरुबीच नयाँ नेतृत्वकालागि निर्वाचन भईरहेको समयमा एक अर्को समुह विच विवाद भएको थियो । व्यापार संघमा आज मच्चिएको ताण्डवले उपस्थित मतदाताहरु समेत अचम्मित भएका थिए ।
सर्वसम्मत नेतृत्वका लागि पूर्व अध्यक्षहरुले निरन्तर गरेको पहल असफल भएपछि आज आइतवार नयाँ नेतृत्वकालागि निर्वाचन नै गर्नुपर्ने अवस्था आएको हो । गत शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि समझदारी नभएपछि निर्वाचनमा जानुपरेको निर्वाचन समितिले जनाएको छ । अहिले व्यापार संघमा प्रोक्सी मतदाताबाट निर्वाचन भईरहेको हाम्रा सहकर्मीहरुले जानकारी दिए ।

यसरी भाडियो निर्वाचनको माहोलमोरङ व्यापार संघका पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष र केही पदाधिकारीहरु सहितको विभिन्न छलफल तथा अनौपचारिक छलफलमा राजेन्द्र राउतलाई अध्यक्ष र प्रकाश मुन्दडालाई वरिष्ठ उपाध्यक्ष बनाउने पुरानो सहमति तोडिएपछि चुनावी समिकरण भताभुङ्ग भएको हो ।
वर्तमान अध्यक्ष पवनकुमार सारडाले सहमतिका लागि पर्याप्त पहल नगरी आफू नै अध्यक्ष हुने तयारी गर्दै मनोनयन दर्ता गरेपछि सहमतिको सबै ढोका बन्द भएको स्रोतको भनाई छ । भद्र सहमतिलाई बेवास्ता गरेर सहमतिको प्रयासलाई पाखा लगाएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाई छ । राउतले धेरै चोटी आफू सहमतिको प्रयासमा आउने प्रयास गर्दा पनि साराडाले कुनै चासो नदिएका कारण यसरी आज निर्वाचनमा मै नै जानुपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्